logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    रहेनन् माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडे


    ८ मंसिर २०७८ , बुधबार

    रहेनन् माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडे

    बुटवल । नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणी’ को दुर्घटनामा परि निधन भएको छ । मंगलबार साँझ बुटवलमा बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएपछि घाईते भएका बन्जाडेको बुटवलस्थित सिटि अस्पतालमा बुधबार बिहान ५:३० बजे निधन भएको सो पार्टीले जनाएको छ ।

    भालुवाङबाट फर्किदै गर्दा बुटवल उपमहानगरपालिकाको बेलबासमा ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो । दुर्घटना लगत्तै अस्पताल पुर्याईएका उनलाई बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    राम्रो भाषणकला र कुशल व्यवस्थापनका धनी बन्जाडेले जनयुद्धको क्रममामा पार्टी नेतृत्वसंगै सप्लाई बिभागमा लामो समय काम गरेका थिए ।

    विद्यार्थी राजनीतिबाट राजनीतिमा उदाएका बन्जाडे अखिलको केन्द्रिय महासचिव सम्म भएका थिए ।
    लामो समय अर्घाखाँची र रुपन्देहीको पार्टीको नेतृत्व गरेका बन्जाडे युवा देखि वृद्धसम्म चर्चित थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.