logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    दिवंगत नेता बन्जाडेलाई श्रद्धाञ्जली दिन प्रचण्ड बुटवल आउने


    १० मंसिर २०७८ , शुक्रबार

    दिवंगत नेता बन्जाडेलाई श्रद्धाञ्जली दिन प्रचण्ड बुटवल आउने

    भैरहवा । दिवंगत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि) लाई श्रद्धान्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुटवल आउने भएका छन् । नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीका अनुसार मङ्सिर १४ गते बन्जाडेको ७ औं पुर्ण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष प्रचण्ड बुटवल आउने भएका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य समेत रहेका स्वर्गीय बन्जाडेको मृत्यु भएपश्चात पार्टी को निर्णयअनुसार ३ दिन सम्म पार्टीको झण्डा झुकाउने र सोहि कारण मङ्सिर ११ गते तय गरिएको नगर अधिवेशन केहि समयका लागि स्थगित गरिएको हो । नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक जिसीका अनुसार रुपन्देहीभर स्थगित भएको नगर अधिवेशन मङ्सिर १८ गते सम्म सम्पन्न हुने छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.