logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    टोस्ट्मास्टर नितेश कर्णको स्मृतिमा छात्रवृति अक्षयकोष स्थापना


    १३ मंसिर २०७८ , सोमबार

    टोस्ट्मास्टर नितेश कर्णको स्मृतिमा छात्रवृति अक्षयकोष स्थापना

    भैरहवा । सिद्धार्थनगर–९ स्थित रुपन्देही क्याम्पसमा टोस्ट्मास्टर नितेश कर्णको स्मृतिमा छात्रवृति अक्षयकोष स्थापना गरिएको छ । जिल्लाको सदरमुकाम भैरहवामा सक्रिय रहेको भैरहवा टोस्ट्मास्टर्स क्लबले टोस्ट्मास्टर कर्णको स्मृतिमा उक्त अक्षयकोष स्थापना गरेको क्लबका अध्यक्ष मिन प्रसाद शर्माले बताए ।

    क्लबले एक कार्यक्रमका बीच उक्त अक्षयकोष बापतको रकम ५७ हजार ६ सय बराबरको बैंक चेक क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायलाई हस्तारण गरेको छ । कोषको बैंक खातामा जम्मा गरिएको रकमको वार्षिक प्राप्त हुने व्याजबाट विद्यालयका गरिब, असहाय र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि एवं नितेश कर्णकि श्रीमती तृप्ति वर्मा कर्ण, क्लबका अध्यक्ष मिन प्रसाद शर्मा, उपाध्यक्ष विशाल जोशी, सनराईज बैंक भैरहवा शाखाका प्रबन्ध निर्देशक हरिहर सुवेदी, डा लोकराज खनाल, युवा व्यवसायी, चाटार्ड एकाउण्ट महेश घिमिरे, क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्याय, सहायक क्याम्पस प्रमुख लक्ष्मण ज्ञवाली, सहप्राध्यापक मोतिलाल सुवेदी, लेखा प्रमुख राम प्रसाद बराल, क्याम्पसका शिक्षक तथा विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले कोभिडको दोस्रो लहरमा जीवन गुमाएका एक शालीन समाजसेवी, कुशल इन्जिनियर, सफल व्यवसायी समेत रहेका स्वर्गीय नितेश कर्णको स्मृतिमा क्याम्पसलाई गरिएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

    टोस्टमास्टर्स क्लब एउटा अन्तराष्ट्रिय गैर नाफामुखी शैक्षिक संस्था हो । सदस्यहरुको नेतृत्व, व्यक्तित्व एवं वक्तित्वकला विकासको लागि क्लबले विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ । संसारका विभिन्न १४५ देशमा १६ हजार २ सय टोस्टमास्टर्स क्लबहरु रहेका छन्, जसमध्ये भैरहवा टोस्ट्मास्टर्स क्लब पनि एक हो । संसारभर ३ लाख ६४ हजार भन्दा बढी सदस्य छन् । नेपालमा ४५ वटा क्लब सक्रिय छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.