logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    ग्लोबल आइएमई बैंक भैरहवा शाखाले डिजिटल बैंकिङ सिकाउदै


    १३ मंसिर २०७८ , सोमबार

    ग्लोबल आइएमई बैंक भैरहवा शाखाले डिजिटल बैंकिङ सिकाउदै

    भैरहवा । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूका लागि वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम गरेको छ । बैंकको भैरहवा शाखाले दुई सय बढी आफ्ना सेवाग्राहीलाई आज भैरहवामा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी तालिम प्रदान गरेको हो ।

    बैंकमा भौतिक रूपमा उपस्थित नभई मोबाइलकै प्रयोगबाट फन्ड ट्रान्सफर, पानी, बिजुली, यातायात, इन्टरनेट, टेलिफोन, स्कुल तथा कलेजको बिल भुक्तानी सेवाहरूको बारेमा उक्त कार्यक्रममा जानकारी गराइएको ग्लोबल आइएमई बैंक भैरहवा शाखा प्रमुख प्रेम सागर अग्रहरीले बताए ।

    उक्त अवसरमा बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ का सेवाको बारेमा अनुशिक्षण गरिएको थियो । बैंकमा भौतिक रूपमा उपस्थित नभई मोबाइलकै प्रयोगबाट फन्ड ट्रान्सफर, पानी, बिजुली, इन्टरनेट, टेलिफोन, स्कुल तथा कलेजको बिल भुक्तानी सेवाहरूको बारेमा जानकारी दिएको भैरहवा शाखा प्रमुख अग्रहरीले बताए ।

    कार्यक्रमबारे बोल्दै ग्लोबल बैंककी बजार प्रमुख शान्ता सिवाकोटीले बैंकिङलाई प्रविधिसंग जोड्न सके कारोबार सुरक्षित र निकै सजिलो हुने भन्दै देशका देशव्यापी रूपमा कार्यक्रम आयोजना गरिएको बताइन् । साथै अत्याधुनिक भुक्तानी प्रणाली ‘क्युआर’, डेबिट तथा क्रेडिट कार्ड लगायत डिजिटल मार्केटिंगका विषयमा भैरहवा शाखाका नरेन्द्र देवकोटाले जानकारी गराएका थिए ।

    त्यस्तै बैंकले गरेको कार्यक्रमको फाइदा, महत्व र उद्देश्यका बारेमा बोल्दै ग्लोबल आइएमई बैंक लुम्बिनी प्रदेशका सहायक प्रमुख जगलाल भुषालले कार्यक्रमको समिक्षा गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.