logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    गैडहवा गाउँपालिकाद्वारा ८३ जना स्वयम्सेविका सम्मानित


    २० मंसिर २०७८ , सोमबार

    गैडहवा गाउँपालिकाद्वारा ८३ जना स्वयम्सेविका सम्मानित


    दीपक / सुमन जैसवाल
    सूर्यपूरा । रुपन्देहीको गैंडहवामा रहेका सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुलाई गैंडहवा गाउँपालिकाले सम्मान गरेको छ । १८ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा सम्मान गरिएको हो ।
    सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गैंडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवटले समाजमा स्वास्थ्य स्वयम् सेविकाहरुको भुमिका सराहनिय रहेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयम् सेविकाहरुले गाउँगाउँ र टोलटोलमा निस्वार्थ रुपमा पुर्याएको सेवाको उच्च मुल्याङकन हरेक क्षेत्रबाट हुनु पर्ने बताउनुभयो । गैंडहवाको स्वास्थ्य क्षेत्रमा देखिने र महसुस हुने गरी काम भएको समेत प्रमुख केवटको भनाई थियो । यस पालिकामा जनप्रतिनिधि आएपछि स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन भएको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नु भयो “गैंडहवामा पदपाणी प्राकृतिक चिकित्सालय, ८ वटा स्वास्थ्य चौकी, १ वटा शहरी स्वास्थ्य केन्द्र र वडा स्तरिय आभारभुत स्वास्थ्य केन्द्र, सर्पदंश अस्पताल लगायतका स्थानबाट गैंडहवाबासीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएका छौ ।”
    स्वयम् सेविकाको भुमिकाको उच्च मुल्याङकन गर्दै पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने गैंडहवाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो ।
    कार्यक्रममा ८३ जना उत्कृष्ट स्वयम् सेविकाहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा गैंडहवाका गाउँपालिका कार्यपालिका महिला सदस्य अनिता थारु, स्वास्थ्य चौकीको तर्फबाट युवराज भण्डारी लगायतले बोलेका थिए ।
    गैंडहवाका स्वास्थ्य शाखाका सुरेन्द्र चौहनको स्वागत तथा साडी चौकी इन्चार्ज बिष्णु ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.