logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    फोनिज रुपन्देहीको अध्यक्षमा सोनु थापा सर्वसम्मत चयन


    २५ मंसिर २०७८ , शनिबार

    फोनिज रुपन्देहीको अध्यक्षमा सोनु थापा सर्वसम्मत चयन


    बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको अध्यक्षमा सोनु थापा सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न फोनिजको छैठौं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा ४ जना सदस्य मनोनित गर्ने गरी  १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम थापा, सचिवमा राज चौधरी, सह-सचिवमा आकृति थापा र कोषाध्यक्षमा मिन बहादुर राना सर्वसम्मत चयन भएका छन् ।


    त्यस्तै नयाँ कार्यसमितिको सदस्यहरुमा एकु राना, जितेन्द्र थारु, संजय लामा गुरुङ, पहल सिंह राना रहेका छन् ।

    त्यस्तै केन्द्रीय अधिवेशनको लागि संघीय प्रतिनिधिको रुपमा यम बहादुर गाहा (मिलन), लोकनेश ढेगा, प्रविन कुमार गाहा, अरुण दर्लामी र कमल सिंह चौधरी सर्वसम्मत चयन भएका छन् ।

    त्यस्तै प्रदेश अधिवेशनको लागि प्रतिनिधिको रुपमा सुमन थापा, लक्ष्मण राना, शिव कुमार चौधरी, दिनेश कुमार श्रेष्ठ, डि बी सुस्लिङ र गोबिन्द घर्ती सर्वसम्मत चयन भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.