
बुटवल । बुटवल-पाल्पा सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सडक चौडा गर्न १५ दिन सडक बन्द गर्न लागिएको हो ।
आज मंसिर २८ गते देखि पुस १३ गतेसम्म राति ९ः३० देखी बिहान ४ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म सडक चौडा बनाउन र पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो । राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा सडक बन्द हुने डिभिजन प्रमुख रामेश्वर लम्सालले बताएका छन् ।