
दिपक जैसवाल
लुम्बिनी । जिल्लाको गैंडहवा गाउँपालिका वडा नं. २ जोगडाबाट अबैध ब्रोईलर कुखुरा शसस्त्र प्रहरीले नियन्त्रण गरेको छ । भारतबाट अबैध रुपमा नेपाल भित्रिदै गरेको युपी ५५ एच ४५७१ नम्बरको मोटरसाईकल सहित ब्रोईलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रण गरेको हो ।
मर्चवारको भित्री बाटो हुदै नेपाल तर्फ ल्याउँदै गरेको ५० किलो बढी अबैध ब्रोईलर कुखुरा शसस्त्र प्रहरी नायब निरीक्षक हेम बहादुर खड्काको नेतृत्वमा खटिएको पैदल गस्तीको टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल कार्यालय बिष्णुपुराबाट खटिएको गस्ती टोलीले उक्त अबैध कुखुरा नियन्त्रण लिई स्थानीय प्रतिनिधि, पत्रकार र पशु क्वारेन्टाइनका प्रतिनिधि लगायतको रोहबरमा खाडल खनेर नष्ट गरिएको सशस्त्र प्रहरी बल बिष्णुपुराका प्रमुख उपेन्द्र गिरीले जानकारी दिनुभयो ।