नेपालमा अहिले विभिन्न राजनीतिक दलहरूका कार्यक्रमहरू चलिरहेका छन् । नेकपा माओवादी केन्द्रले देशैभरि वडा कमिटी देखि पालिका हुदै प्रदेश कमिटी सम्म नयाँ अधिवेशनहरू गरिरहेको छ । पार्टीलाई २०६५ सालको पहिलो संविधानमा पाएको सफलता जस्तै बनाउनुपर्ने माओवादी नेताहरूले बताईरहेका छन् । यो पार्टीले नयाँ नेपालको निर्माण तथा योजनाकार आफुलाई बताउने गरेको छ । गणतन्त्र तथा संविधान सभाबाट नेपालको संविधान निर्माण गर्न र नेपाली जनतामा समावेशीको व्यवस्था गर्ने पार्टी माओवादी भएको सन्देश दिने गरेको छ । लामो जनयुद्ध र हजारौको सहादतले नेपालमा गणतन्त्र र संघियता आएको बताउने माओवादीले देश आफ्नो एजेन्डामा हिडे पनि नेतृत्व पश्चगमनकारीको भएको हुदाँ जनताले सोचे अनुसार काम गर्न नसकेको सो पार्टीका केन्द्रिय नेताहरू बताउँछन्। नेकपा एमालेका नेताहरूले पनि नेपालका बहुमत जनता आफ्ना पक्षमा भएको भाषणहरू सुनाउने गरेका छन् । स्थानीय तह देखि केन्द्र सम्म एमाले सवै क्षेत्रमा छाएको बताउँने यो पार्टीले पनि देशमा परिवर्तन देखि जनताको पक्षमा धेरै कामहरू गरेको बताउने गरेको छ । तर यी दुई एमाले र माओवादी केन्द्रमा हिजोको पुस्ताले मात्र नेतृत्व गर्दा देशले चाहेको र नेपालका नयाँ पुस्ताले चाहेको परिवर्तनलाई संस्थागत गर्न समस्या देखिएको छ । हिजो पनि ओलीतन्त्र र प्रचण्डतन्त्र देखिएको यी पार्टीको एजेण्डा नयाँ भएपनि कार्यशैली र योजना फरक हुनेमा शंका लाग्ने गरेको छ । तर कांग्रेसको १४ औँ महाधिवेशनले एक प्रकाशको ऐतिहासिक नयाँ छलाब युवाका लागि गरेको छ । यो महाधिवेशनले पहिलो, दोस्रो र तेस्रो पुस्तालाई विदाई गर्दै चौँथो पुस्तामा नेतृत्व हस्तान्तरणको प्रकृया थालनी गरेको सन्देश नेपाली जनतालाई दिएको छ । यो सन्देश नेपालका लागि मात्र नभएर दक्षिण एसियामा देखिएको पहिलो पुस्ताको पुस्तान्तरणलाई ब्रेक लगाउदै नयाँ पुस्तामा जनताको विश्वास रहेको सन्देश दिएको देखिन्छ । यस कारण नेपालमा पुराना र ठूला राजनीतिक दलहरूले पदलोलुप प्रवृत्तीको त्याग वा नयाँ पुस्तामा पुस्ता हस्तान्तरण नगर्ने हो भने युवा पुस्ताले देशको परिवर्तनमा अवसर प्राप्त गर्न सक्दैनन् । त्यस कारण नेपालमा सवै राजनीतिक तहमा परिवर्तन युवाहरूमा नेतृत्वहस्तान्तरण गर्ने प्रकृयामा जानु पर्दछ । जुन काग्रेसका धन बहादुर गुरुङ, गगन थापा र विश्वप्रकास शर्माले देखाए । यो सन्देशले आम नेपालीमा नयाँ उत्साह तथा खुसी दिएको छ । यस्तै अव अन्य पार्टीले गर्नु पर्दछ । यो नगरे देशमा काग्रेस मात्र जनताको लोकप्रिय पार्टी बन्ने छ । त्यसैले सबै दलहरूले युवालाई अवसर दिने तिर सोच्नु पर्दछ । अहिलेको आवश्यकता पनि यहि हो ।
Krisha Sanchar Griha P. LTD.
SiddharthaNagar-12, Rupendehi
E-mail: elumbinikhabar1@gmail.com
Contact: 9851351793
Department of Information and
Broadcasting Regd. No:3214/78/79
Press Council Registration No. 3262/2078/079