logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लोकेन्द्र बहादुर धामीको काँधमा नेकपा माओवादी केन्द्र सिद्धार्थनगरको पार्टी प्रवक्ताको जिम्मेवारी


    ५ पौस २०७८ , सोमबार

    लोकेन्द्र बहादुर धामीको काँधमा नेकपा माओवादी केन्द्र सिद्धार्थनगरको पार्टी प्रवक्ताको जिम्मेवारी

    भैरहवा । नेकपा माओवादी केन्द्र सिद्धार्थनगरको दोस्रो नगर कमिटी बैठक भैरहवामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्विनी प्रदेश सदस्य तथा क्षेत्रिय इन्चार्ज तिर बहादुर रोका (डार्विन) ले पार्टी संगठनलाई चुस्तदुरुस्त बनाउँदै अघि बढ्नुको विकल्प नभएको बताए ।

    उत्कृष्ट पार्टी निर्माणको क्षमता माओवादी केन्द्रसँग मात्रै रहेको हुदाँ सिद्धार्थनगरमा पार्टी मजबुत बनेकाे बताउँदै नेता तथा कार्यकर्ताहरु अझ बढी जनताको सेवामा लाग्नुपर्ने कुरामा जोड दिए । बैठकले सिद्धार्थनगर पार्टी सञ्चालनकाे बिषयलाई जाेड्दै सुदृढ संगठन निर्माणकाे लागी आफुहरु कसरि परिचालित हुने कुरालाई मध्यनजर गर्दै विभिन्न विभागहरु समेत गठन गरेको छ ।

    जसमा सूचना, सञ्चार, कृषि तथा सहकरी विभाग तथा पार्टी प्रवक्तामा लोकेन्द्र बहादुर धामी, नगर वाईसिएल ईन्चार्ज सहावान अली ‘समिर’, विद्यार्थी इन्चार्ज टिपी न्यौपाने, मुस्लिम मुक्ति मोर्चा ईन्चार्ज मेराज खान, अखिल नेपाल महिला संघ क्रान्तिकारी ईन्चार्ज कमला थापा,स्वास्थ्य विभाग प्रमुखमा दिलिप प्रजापती, मधेशी मुक्ति मोर्चा तथा अखिल नेपाल किसान संघमा सुनिल कान्दु, खेलकुद तथा सांस्कृतिक विभाग प्रमुख शिवम् जयसवाल, अखिल नेपाल ट्रेड यूनियन महासंघमा डम्बर खत्री, तमु मुक्तिमोर्चामा जोसन गुरुङ्ग, दलित मुक्तिमोर्चामा रामप्रसाद सुनार, जिल्ला प्रहरी तथा प्रशासनमा ध्रुव लामगादे, अन्य सरकारी तथा प्रशासनमा दिपक थापा सेतु, नगरपालिका विभागमा केशव कुँवरलाई जिम्मेवारी ताेकेकाे छ ।

    त्यस्तै बैठकले नगरपार्टीको प्रत्येक वडामा पार्टी ईन्चार्जको जिम्मेवारीलाई हेरफेर गरेकाे छ । शनिबार बसेकाे बैठक नेकपा माओवादी केन्द्र सिद्धार्थनगर पार्टीका अध्यक्ष नारायण बहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको थियाे । बैठकमा पार्टीका लुम्बिनी प्रदेश सदस्य रियाज अहमद, क्षेत्रिय संयोजकहरु उमेश खनाल र मनिष कुमार जोशीले मन्तव्य राखेका थिए । बैठक नेकपा माओवादी केन्द्र सिद्धार्थनगरका पार्टी सचिव केशव कुँवरलस संचालन गरेका थिए भने नगर उपाध्यक्ष मेराज खानले स्वागत मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.