logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    गैंडहवा गाउँपालिका वडा नम्बर ४ द्वारा १२१ छात्रालाई साइकल वितरण


    ६ पौस २०७८ , मंगलबार

    गैंडहवा गाउँपालिका वडा नम्बर ४ द्वारा १२१ छात्रालाई साइकल वितरण

    दीपक जैसवाल
    सूर्यपुरा । रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर ४ द्वारा १२१ छात्राहरूलाई साइकल वितरण गरिएको छ । शिक्षा क्षेत्रमा छात्राहरूको सहभागिता बढाउन र पठनपाठनमा ल्याउन वडा कार्यालयद्वारा साइकल वितरण गरिएको हो ।

    वडा कार्यालयले बिनियोजन गरेको बजेटबाट वडा नम्बर ४ भित्रका विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्यनरत छात्राहरुलाई पठनपाठन गर्न समयमै विद्यालय पुग्न सहज हुने उद्देश्यले साइकल वितरण गरिएको वडा अध्यक्ष सुरेन्द्र सिंहले बताए ।

    सोमबार भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती प्रदिप कुमार चौधरीले गैंडहवा गाउँपालिकालाई शिक्षित गाउँपालिकाको रुपमा विकास गर्न गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने र शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए । आजका विद्यार्थीहरु भविष्यका कर्णधार रहेको बताउदै उनले विद्यार्थीहरुका लागि पढाईसंगै अतिरिक्त क्रियाकलापहरुको समेत आयोजना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

    वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र सिंह कुर्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष तुल बहादुर पुन , वडा सदस्य तुल बहादुर विश्वकर्मा, ओलीरहमान धोबी, शोभा यादव, राकेश केवट, मिरा कोहार लगायतले मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.