logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    दुर्घटना रोकौ (सम्पादकीय)


    १२ पौस २०७८ , सोमबार

    दुर्घटना रोकौ (सम्पादकीय)

    नेपालमा वार्षिक रुपमा लगभग ५ हजार भन्दा बढि मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको तथ्याङक रहेको छ । दुर्घटनाबाट १५ हजार भन्दा बढि मानिस घाईते हुने गरेका छन् । प्राय दुर्घटनामा पैदलयात्री पर्ने गरेका छन् । मोटरसाईकल, साइकल र चारपाङग्रे सवारी साधनहरु बढि मात्रामा दुर्घटना हुने गरेको नेपाल प्रहरीको रेकर्डमा देखिन्छ । नेपालमा यसरी दुर्घटना हुनुको मुख्य कारण चालकहरु रहेका छन् ।

    चालकहरुको लाहपर्वाही र यात्रुहरुको हेलचेक्राईका कारण पनि दुर्घटनाको मुख्य कारण देखिन्छ । चालकको तिव्रगती, ओभरटेक, मादकपर्दाथ सेवन, यान्त्रीक गडबडी, चौपाया, सडकको अवस्था र मौसमका कारण नेपालमा सडक दुर्घटनाका कारण रहेको छ । नेपालमा हुने यस्ता प्रकारका मानविय कमजोरीका कारण बार्षिकरुपमा सयौको मृत्यु र हजारौ घाईते हुने अवस्था आउने गरेको छ । यसको रोकथाममा लागि नेपाल सरकार तथा यात्रुहरुले ध्यानदिनु पर्ने देखिन्छ । नेपालमा ट्राफिक प्रहरीलाई दुर्घटनाको मुख्य जिम्मेवारी बनाएर जिम्मेवारी निकाय पन्छिने पुरानो परिपाटी रहेपनि यसको तथ्य खोज्नु आजको आवश्यकता रहेको छ ।

    विश्वभर सडक दुर्घटना बाट दैनिकरुपमा ३७०० मासिहरु मृत्यु हुने गरेको छ । नेपालमा दैनिकरुपमा १४ जनाको औसत सवारी साधन दुर्घटनाका कारण मृत्यु भएको देखिन्छ । दुर्घटना मुख्य १५ देखि ४० वर्ष उमेर समुह उमेरका चालकहरुका कारण हुने गरेको छ । दुर्घटनाबाट मृत्यु हुनेको संख्या नेपालमा मात्र नभएर विश्वभर उच्च जोखिम देखिन्छ । डब्लुएचओको तथ्याङक अनुसार, विकसित मुलुक भन्दा कम विकसित मुलुकमा सडक दुर्घटनाबाट हुने मृत्युदर तीन गुणा बढी देखिन्छ । दुर्घटना न्यनीकरण गर्न सकेमात्र मृत्युदर कम गर्न सकिन्छ ।

    सडक पेटी, साइकल लेन, मोटरसाईकल लेन, साँघुरा सडक, जेब्राक्रम र आकासे पुलहरु व्यवस्थित गर्न सके दुर्घटना रोक्न सकिन्छ । थकानको अवस्थामा, कमजोर स्वास्थ्य अवस्था भएका चालकले पनि सवारी साधन नचलाउनु दुर्घटनाबाट बच्नु हो । सार्वजनिक यातायातमा क्षमता भन्दा बढि यात्रू बोक्न नदिनु, सडक सुरक्षाको ज्ञानको अभाव, सवारी साधन चलाउदा मोबाइल प्रयोगमा बन्देज, सडक व्यवस्थापनमा बैज्ञानिक प्रविधिको प्रयोग गर्न सडक दुर्घटना रोक्न सकिने देखिन्छ ।

    नेपालमा सडक दुर्घटना रोक्नका लागि सरकारले चालक अनुमतीपत्र प्रदान गर्दा तालिम प्राप्त चालकलाई मात्र प्रदान गर्ने । चालकका कमजोरीका कारण हुने दुर्घटनालाई सुक्ष्म अध्ययन गरि कार्वाही गर्न सके दुर्घटना रोक्न सकिन्छ । सडकको अवस्था हेरी सवारी साधनको बिक्रि वितरण तथा प्रयोग गर्नुपर्ने पनि आज नेपालको आवश्यकता हो । सडकको भन्दा बढि क्षमता र भारवान ट्रेलरहरु चलाउन बन्देज गर्नुपर्ने पनि देखिन्छ ।

    तसर्थ नेपालको सडकलाई व्यवस्थित र मृत्युदर कम गर्ने हो भने चालकलाई जिम्मेवार बनाउनु पर्दछ । गल्ती गर्नेलाई सख्त कार्वाही गर्नु आवश्यक छ । राज्यले व्यवस्थित सडक सञ्चाल र सवारी साधनको सञ्चालनमा जोड दिए दुर्घटना न्युनीकरण गर्न सकिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.