
परासी, १३ पुस । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्बी नवलपरासीको कावासोती नगरपालिका ९ मिलनचोक बस्ने वर्ष १९ का सुदिप सुनार र कावासोती नगरपालिका ३ स्मृती टोल बस्ने वर्ष १९ का निश्चल घिमिरे, जिल्ला कालिकोट खडाचक्र नगरपालिका ४ बस्ने वर्ष २२ का बिमल शाही र सोहि स्थान बस्ने वर्ष २२ का रमेश अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भुमही-परासी सडक खण्डको रामग्राम नगरपालिका वडा नम्बर ११ रानीपाकडमा चेकजाँच गर्ने क्रममा लु ४५ प ४१५३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा चार जना नै पक्राउ परेका हुन् ।
पक्राउ परेका घिमिरेको साथबाट ८ सय ५५ ट्याब्लेट नाईट्रोभेट फेला परेको साथै सोही मोटर साइकलसंगै बा. प्र. ०२-०३० प ६२३९ नम्बरको मोटरसाइकलमा सवार शाही र अधिकारी समेत नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।
बरामद लागुऔषध र पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयमा सोमबार प्रेस रिलिज गरी सार्वजनिक गरिएको थियो ।