
पशुपति यादव
धकधई । रोहिणी गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ७ सम्मका बाढी प्रभावित २३४ परिवारलाई चुजी फाउण्डेेेेेेेेेेेसनको आर्थिक सहयोग र स्थानीय संस्था अन्तराष्ट्रिय बौद्ध समाज लुम्बिनीको सहकार्यमा सहयोग स्वरुप राहत वितरण कार्य रोहिणी अन्तर्गत श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी ४ द्वारा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रोहिणी गाउँपालिककि उपाध्यक्ष शिवकान्ति हरिजनले बोल्दै दीन दुखीको सहयोग तथा दानवीरहरुको सहयोगमा मानवीय सेवामा समर्पित भएर जुन कार्य बाढी प्रभावित परिवारलाई सहयोग भएको छ ती संस्थाप्रति आभार प्रकट गर्दै प्रशंसायोग्य कार्य भएको खुसी व्यक्त गर्नु भएको थियो ।

चुजी फाउन्डेसन नेपालका प्रतिनिधि मुकुन्द विष्टले मानवीय सेवामा समर्पित संस्था चुजी फाउन्डेसनले घाउमा पट्टि मल्हम लगाउने कार्य गरेको बताए । उनले बाढी प्रभावित परिवारले राहत स्वीकार्य गर्नु भएकोले संस्थाको उद्देश्यलाई सहयोग भएको भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।
अन्तराष्ट्रिय बौद्ध समाजका गोबिन्द उपाध्ययले बाढी आएको दिन सबभन्दा पहिला मिडिया मार्फत अनलाइन र पत्रिका मार्फत जानकारी प्राप्त अनुसार विवरण संकलन गरि राहत वितरण कार्य सहज भएको बताउदै मिडियालाई धन्यवाद व्यक्त गरेका थिए ।

परिचालिका मिना पाण्डेको संचालनमा श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणीका अध्यक्ष संजय गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कुल २३४ बाढी प्रभावित परिवारलाई राहत आएको जानकारी गराए पनि २२५ परिवारको मात्र उपस्थिति रहेको अध्यक्ष बताए । कार्यक्रममा समाजसेवी शैलेन्द्र उपाध्याय, सत्यनारायण यादव लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।