logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    बाटो खाल्टा खुल्टीका कारण भारी बोकेको ट्रक पल्टियो


    १५ पौस २०७८ , बिहिबार

    बाटो खाल्टा खुल्टीका कारण भारी बोकेको ट्रक पल्टियो

    परासी, १५ पुस । भारत ठुठीबारीबाट भारतीय मालवाहक ट्रक महेशपुर भन्सार कार्यालयमा आईरहेको बेला बाटो खाल्टा खुल्टीका कारण मंगलबार महेशपुर सिमा प्रहरी चौकी नजिकै भारी बोकेको भारतीय ट्रक बाटोमा पल्टीएको छ ।

    भारतको ठुठीबारी दश गजा देखि महेशपुर भन्सार कार्यालयमा आईरहेको यु.पी.५६ टी ३१५६ नम्बरको ट्रकमा १८ टन भारी थियो । बाटो सांगुरो तथा खाल्टा खुल्टी रहेको कारण गाडी पल्टेको महेशपुरका ट्राफिक हवल्दार माधव प्रसाद पोख्रेलले बताए ।

    यस्ता घटनाहरु यहा धेरै पटक भएको छ सडक विभागले कुनै चासो नलिएको स्थानिय को आरोप ।

    भन्सारमा गोदाम बनाउनको लागि भन्सार लाई जग्गाको कमी भएको छ साथै ठुला ठुला मालवाहक गाडीहरु पार्किङको लागि भन्सार लाई जग्गाको आवश्यकता रहेको भन्सार प्रमुख रामप्रसाद अर्यालले बताए ।

    प्रमुख अर्यालका अनुसार भारतबाट नेपाल आवत जावत गर्नको लागि भौतिकपुर्वाधारको कमी । छिमेकी राष्ट्र भारतबाट ठुला ठुला मालवाहक गाडीहरु आउदा महेशपुरमा बाटो जाम समेत हुन्छ त्यति मात्र हैन बाटो सांगुरो रहेकोले दुर्घटना हुने बढी सम्भावना हुन्छ भक्सीपुरमा स्थित झरही खोलामा पुल जिर्ण अवस्थामा रहेको छ ।पहिला जस्तो नेपाल प्रहरी र शस्त्र प्रहरी बलले अबैध मालसमान समातेको भन्सारमा ल्याएका छैनन् ।

    वडा कार्यालयमा त्यति ठुलो बाटो बनाउनको लागि बजेट छैन बाईपास बाटो बनाउनको लागि केन्द्र सरकार संग कुरा गरेछु पाल्हीनन्दन गाउँपालिकाका वडा नं १ का वडा अध्यक्ष ललन प्रसाद यादवले बताए ।

    पाल्हीनन्दन २ भक्सीपुरमा रहेको झरही खोलामा रहेको सांगुरो पुलको अवस्था जिर्ण रहेको पुल माथी ठुला ठुला गाडीहरु आवत जावत गरेपछि कुनै दिन ठुलो दुर्घटना हुने सम्भावना देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.