logo
  • ३० कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    विभिन्न कार्यक्रम गर्दै मनाइयो तमु ल्होसार


    १७ पौस २०७८ , शनिबार

    विभिन्न कार्यक्रम गर्दै मनाइयो तमु ल्होसार

    पशुपति यादव
    धकधई। तमु ह्युल धोज धी राष्ट्रिय परिषद सिक्टहन इकाई समितिको आयोजनामा तमु ल्होसार-२०७८ सम्पन्न भएको छ ।

    देवदह नगरपालिका वडा नम्बर १२ प्रगतिनगरमा अवस्थित तमु समाजको भवनमा इकाई समितिका अध्यक्ष धन प्रसाद गुरुङको अध्यक्षतामा तथा देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले तमु ल्होसार गुरुङ समुदायको वर्ग परिवर्तन हो र नयाँ वर्षको आगमन हुने वर्गलाई स्वागत गरिने पर्वको रुपमा मनाउने गरेको बताएका थिए । यो समुदायको परम्परा अनुसार आउने जाने वर्गको रुपमा संस्कृति रहेको र गुरुङ समुदायले राजनितिक र सामाजिक क्षेत्रमा क्रियाशील भई लाग्नुपर्ने वक्ताहरुले बताएका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकाले समाज रुपान्तरणका लागि रोजगारमूलक तालिम ल्याएको हुँदा गुरुङ समुदायबाट तालिममा सहभागी भई व्यवसायिक रुपमा लाग्नुपर्ने आग्रह गरेकी थिइन् ।

    तमु ल्होसार पर्व सुखदुख साट्ने, मिठो परिकार पकाई खाने पर्वको रुपमा मनाउने र गुरुङ समुदाय बौद्ध प्रति बढी लगावको कारणले हिंसा, पशुबली नगर्ने र बौद्ध ज्ञानको चिन्तन गर्ने यो समुदाय बौद्ध धर्म प्रति बढी आस्था राख्ने गुरुङले बताइन् ।

    त्यस्तै देवदह १२ का वडा अध्यक्ष पदम थापा, ध्रुव न्यौपाने, मैत्रि युवा क्लबका अध्यक्ष पूर्ण गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्यक्रमका बीच एस ई ई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उतीर्ण भएका गुरुङ विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । गुरुङ समुदायको संस्कृति झल्किने नाचगान सहित सम्पन्न भएको कार्यक्रमको सञ्चालन संजय लामा गुरुङले सञ्चालन गरेका थिए ।

    सम्बन्धित समाचार

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.