
पशुपति यादव
धकधई । जिल्ला पूर्वी क्षेत्रमा पर्ने रोहिणी गाउँपालिका वडा नं ४ छिपागढको कोटहवामा दुई तल्ले स्वास्थ्य चौकीको एक कार्यक्रमका बीच शिलान्यास भएको भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रोहीणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले संघीय सरकारबाट माग गरेअनुसार आएको रकमबाट एक तल्ले भवन बनाउँदा रकम बढी हुने र दुई तल्ले बनाउँदा रकम अपुग हुने अध्यक्ष यादवले जानकारी दिए ।
संघीयको रकम चौहत्तर लाख र गाउँपालिकाको अठार लाखको लगानीमा स्वास्थ्य चौकी मापदण्ड अनुसार निर्माण कार्य शुभारम्भ भएको स्वास्थ्य चौकीका प्रमुख बुद्धि प्रसाद पन्थले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा डिल्ली यादव, प्रमोद चौधरी, निर्मला राजभर, विद्या धवल, सचिव बुद्धिराम चौधरी लगायतले भनाई राखेका थिए । उक्त स्वास्थ्य चौकीको १४ कट्ठा जग्गा रहेको छ ।