logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    ५ दिने किशोर-किशोरी सशक्तिकरण कार्यक्रम सम्पन्न


    २० पौस २०७८ , मंगलबार

    ५ दिने किशोर-किशोरी सशक्तिकरण कार्यक्रम सम्पन्न

    दिपक कलवार
    सूर्यपूरा । रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा ५ दिने किशोर किशोरी सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । विशनुपुरा साथी सञ्जाल तथा सजन चौधरीको प्रशिक्षणमा वार्ड नं ५ मा पुस १५ गते देखि शुरू भएको कार्यक्रम पुष १९ गते गिदहियामा सम्पन्न भएको हो ।

    उक्त कार्यक्रमको समापन संगिता हरिजनको अध्यक्षता, गैंडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटको प्रमुख अतिथ्यता, वडा नं ५ का वडाअध्यक्ष कृष्ण शंकर प्रसाद गुप्ताको विशिष्ट अतिथ्यता, वडा सदस्य पवन कुमार चौधरी, समाजसेवी सन्तु प्रसाद धवल लगायतले मन्तव्य राखेका थिए र सहभागीहरुलाई टिका लगाएर प्रमाण पत्र वितरण गरिएको थियो ।

    उक्त विशनुपुरा साथी सञ्जालमा ३५ जनाको सहभागिता रहेको थियो । किशोर किशोरीसशक्तिकरण तालिम लिएर रिकाल हरिजन प्रथम हुनमा सफलता भएकि थिइन्, त्यस्तै रुपा कुमारी कुर्मी दोस्रो र अभिषेक गुप्ता तेली तेस्रो भएका थिए । कार्यक्रममा सहभागी सम्पूर्णले गैंडहवा गाउँपालिका वडा नं. ५ ले आफुहरुलाई एउटा सीप सिकाएर रोजगारीको अवसर सिर्जना गराएको भन्दै वडाध्यक्ष कृष्ण शंकर प्रसाद गुप्ताले किशोर किशोरीसशक्तिकरण तालिममा सहभागी भएका किशोर किशोरीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.