
दीपक जैसवाल
लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ र ८ को आर्थिक सहयोगमा स्वास्थ्य स्वयम्सेविका महिलाहरुलाई ११ थान साइकल वितरण गरिएको छ । साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले समाजमा स्वास्थ्य स्वयम्सेविकाहरुको भुमिका सराहनिय रहेको बताउनु भएको थियो । उहाँले स्वास्थ्य स्वयम्सेविकाहरुले गाउँटोलमा निस्वार्थ रुपमा पुर्याएको सेवाको उच्च मुल्याङ्कन हरेक क्षेत्रबाट हुनु बताउनु भएको भिए ।
लुम्बिनीको स्वास्थ्य क्षेत्रमा देखिने र महसुस हुने गरी काम भएको समेत मेयर चौधरीले बताए । उहाँले नगरपालिकामा जनप्रतिनिधि आएपछि स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन भएको जिकिर समेत गर्नुभएको थियो । वडा स्तरिय आभारभुत स्वास्थ्य केन्द्र, सर्पदंश अस्पताल लगायतका स्थानबाट लुम्बिनीबासीहरुलाई स्वास्थ्य सेवा उपलब्द गराउदै आएको छ ।
स्वयम्सेविकाहरुको भुमिकाको उच्च मुल्याङ्कन गर्दै नगरपालिकको तर्फबाट सक्दो सहयोग गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले बताउनुभयो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यपालिका महिला सदस्य, स्वास्थ्य चौकीका प्रतिनिधि लगायतले बोलेका थिए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाका ध्रुपराज घिमिरेको स्वागत तथा कोदई गुप्ताको संचालनमा सम्पन्न भएको थियो ।