logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    युनियनको जिपी कोईराला पत्रकारिता पुरस्कार नेपाललाई


    ३० पौस २०७८ , शुक्रबार

    युनियनको जिपी कोईराला पत्रकारिता पुरस्कार नेपाललाई

    बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्दै आएको जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार पत्रकार माधव नेपाललाई प्रदान गर्ने भएको छ । युनियनले आफ्ना संस्थापक सचिव तथा बिबिसी नेपाली सेवाका संवाददाता नेपाललाई जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गर्ने भएको हो ।

    युनियनको बिहीबार बसेको नियमित बैठकले नेपाललाई पुरस्कृत गर्ने निर्णय गरेको सभापति रेखा भुषालले जानकारी दिनुभयो । तीन दशकदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएका नेपाललाई युनियनले २५ हजार नगद राशि सहित पुरस्कृत गर्ने निर्णय गरेको हो । पत्रकारिता पुरस्कार छनोट समितिले नेपालको नाम प्रस्ताव गरेको र बिहीबारको नियमित बैठकले उक्त प्रस्तावलाई पारित गरि पुरस्कृत गर्ने निर्णय गरेको भुषालले जानकारी दिनुभयो ।

    पुरस्कार छनोट समितिमा युनियनका सल्लाहकार खिमानन्द भट्टराई संयोजक तथा सल्लाहकार हरिषढकाल र सभापति रेखा भुषाल सदस्य हुनुहुन्थियो । युनियनले माघ महिनाभित्र कार्यक्रम गरेर नेपाललाई पुरस्कृत गर्ने भएको हो । पत्रकार नेपाल बुटवल एफएम र तिलोत्तमा राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । यसैबीच उक्त पुरस्कार वितरणका लागि युनियनका उपसभापति दिपक घिमिरेको संयोजकत्वमा पुरस्कार वितरण कार्यक्रम उपसमिति बनाएको छ । उक्त समितिले पुरस्कार वितरण कार्यक्रमको मिति र स्थानको टुङ्गो लगाउने युनियनले जनाएको छ ।

    यस्तै सदस्यता नविकरण तथा विस्तारका लागि उपसभापति कविन्द्र नेपालको संयोजकत्वमा समिति बनाइएको र जिम्मेवारी समेत दिएको युनियनले बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.