logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    कृषिका लागि बाणगंगा नदिमा डाईभर्सन हुने


    ३० पौस २०७८ , शुक्रबार

    कृषिका लागि बाणगंगा नदिमा डाईभर्सन हुने

    अञ्जना चौहान
    कपिलवस्तु, ३० पुस । जिल्लाको मायादेवी गाउँपालिका कपिलवस्तुले कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा जैविक मल, कृषि औजारहरु मोटर, पम्पसेट, स्पेयर्स पार्टस, धान तथा गहुको बिउ र तरकारीको बिउ बितरण गर्ने गरेको छ ।
    कृषि उत्पादनमा मलको सहजीकरणका लागि गाउँपालिका भित्र रहेका ४१ वटा सहकारी तथा कृषि सहकारी मार्फत मलखाद वितरणलाई व्यवस्थित गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।


    कृषि उत्पादन बृद्धीका लागि प्रत्येक वार्डमा कृषि प्राविधिकको परिचालन गर्नुका साथै किसानहरुको उत्पादनक्षेत्र सम्म गाउँपालिकाले सहयोग पुराएको गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद कुर्मीले जानकारी दिनुभयो ।
    गाउँपालिकाले खेतीयोग्यक्षेत्रमा सिचाईका लागि ६ वटा ठुलो टयुवेल, सानो बोरिङको व्यवस्था गर्नुका साथै किसानलाई पायक पर्ने स्थानमा कुलो निर्माणमा सहयोग पुराउदै आएको गाउँपालिकाका प्रमुख कुर्मीले बताउनुभयो ।
    स्थानिय उत्पादनलाई बढाउनका लागि कृषि योग्य जमिनक्षेत्रमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत ३० किलोमिटर कृषि सडक निर्माण गरिएको गाउँपालिका प्रमुख कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार – मायादेवी गाउँपालिको कृषिक्षेत्रलाई सिचाई गर्नका लागि भविष्यमा बाणगंगा नदिमा डाईभर्सन निर्माण गर्ने योजना रहेको छ ।
    पोखरी सुन्दरीकरण, मलखादको उचित व्यवस्थापनका लागि मलको गोदाम निर्माण, बेमौसमी तरकारी खेतीलाई प्राथामिकताका साथ अगाडी बढाउने मायादेवीको योजनामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले बताउनुभएको छ ।
    गाउँपालिकामा कृषकहरुको उत्पादन बिक्रिका लागि २ वटा कृषि हाट सञ्चालनमा रहेको कृषि शाखा प्रमुख रामबिलास मोर्यले बताउनुभयो । उहाँले किसानहरुलाई स्वरोजगार बनाउनका लागि प्रत्येक बर्ष नगदेबाली उत्पादनमा सहयोग पुराउदै आएको मोर्यको दाबि रहेको छ ।
    कृषीक्षेत्रको पकेट मानिने मायादेवी जिल्लाको धान, गहुँ, तरकारी तथा पशुपक्षीको उत्पादन हुदै आएको छ । यहाँ उत्पादन भएका कृषिजन्य सामाग्रीहरु लुम्बिनी प्रदेशका सबै जिल्लाका साथै काठमान्डौ र पोखरा सम्म पुग्ने गरेको गाउँपालिकाको सुचना शाखाले जनाएको छ ।
    स्थानिय सरकार आएसंगै पालिकामा कृषकलाई उत्प्रेरणा दिने कार्यक्रमहरु समेत हुनेगरेको र कृषकलाई समेत सम्मान गरिने गरेको गाउँपालिकाको तथ्याङकमा देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.