भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१२ नयाँ सडकस्थित केयर प्लस डाईग्नोष्टिक एण्ड प्याथोलोजी ल्याबोरेटरी प्रा.लि.मा रुपन्देही क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ ।
मंगलबार केयर प्लसका सञ्चालक तथा प्रमुख डाक्टर अनिता शाही र रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायबीच भएको हस्ताक्षरित सम्झौता अनुसार केयर प्लसबाट उपलब्ध हुने मेडिकल ल्याब परिक्षणमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको केयर प्लसका सञ्चालक शाहीले बताउनुभयो ।
उहाँले आगामी दिनहरुमा क्याम्पस हेल्थ डेस्कसँगको सहकार्यमा विभिन्न हेल्थ क्याम्पहरुको आयोजना समेत गरिने उक्त सम्झौतामा उल्लेख गरिएको जानकारी दिनुभयो ।