logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    राप्रपाका ताहिर अलिको पहलमा विद्यार्थीलाई न्यानो स्वीटर वितरण


    ५ माघ २०७८ , बुधबार

    राप्रपाका ताहिर अलिको पहलमा विद्यार्थीलाई न्यानो स्वीटर वितरण

    पशुपति यादव,                                                    धकधई । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ताहिर अलिको पहलमा रोहिणी-६ पशुपति आधारभूत विद्यालय पर्सामा स्वीटर वितरण गरिएको छ । प्रजातन्त्र पार्टीका ताहिर अलि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद धवलको पहलमा विद्यालयका ३ सय ४० विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिएको हो ।

    जाडोले जनजीवन प्रभावित भएको अवस्थामा विद्यार्थीहरुलाई जाडोबाट जोगाउन केही सहयोग पुग्ने हेतुले विद्यार्थीहरुलाई विभिन्न सामाजिक व्यक्तिहरुको सहयोगमा स्वीटर वितरण गरिएको अलिले बताउनुभयो ।मिलन ब्रदर्स आयलका भरत कुँवर, गंगा कुमारी कुँवरद्वारा स्व.हरि बहादुर कुँवरको सम्झना दुई सय थान, शिवशक्ति आयल सप्लायर्सका समसादद्वारा ९० थान तथा हिमानी ट्रष्टका अमृत भण्डारी र सैजु पाण्डेको सहयोगमा ५० थान गरी ३ सय ४० विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिएको अलिले जानकारी दिनुभयो ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.