logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द


    ५ माघ २०७८ , बुधबार

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द

    भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभएसम्मको लागि बन्द गरेको जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सूचना जारी गर्दै शान्ती सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता/नविकरण, पेन्सन सिफारीस/प्रमाणित, नाबालक परिचयपत्र लगायतका अन्य सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगन गरेको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी भएको उक्त सूचनामा अत्यावश्यक सेवा लिन आउनेका लागि पनि खोप कार्ड अनिवार्य गरिएको छ ।

    कोभिडको बढ्दो संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आईसोलेसनमा रहेको र कार्यालयमा अत्याधिक भिडभाडभै कोभिड थप फैलिन सक्ने बताउँदै प्रमुख जिल्ला अधिकारी तिवारीले कार्यालय बन्द गरेको जनाए ।

    जिल्ला प्रशासन कार्यालय, रुपन्देहीद्वारा जारी गरिएको सूचना:

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.