logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    टाइगर प्यालेसका सीइओ माइक बोल्सोभरले बुझाए १४ करोड


    ७ माघ २०७८ , शुक्रबार

    टाइगर प्यालेसका सीइओ माइक बोल्सोभरले बुझाए १४ करोड

    काठमाडौं। भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरले १४ करोड रुपैयाँ बैंक ग्यारेन्टी बुझाएपछि आफ्नो देश फिर्ता भएका छन्। उनले पर्यटन मन्त्रालयमा बैंक ग्यारेन्टी बुझाएपछि अमेरिका उडेका हुन्।
    रिसोर्टभित्र एचएलएल म्यानेजमेन्ट प्रालिले क्यासिनो संचालन गरेको थियो। त्यो क्यासिनो वापतको १३ करोड रोयल्टी तिर्नुपर्ने देखिएपछि अमेरिका जान लागेका सीइओ बोल्सोभरलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो।
    बैंक ग्यारेन्टी बुझाएपछि उनी अपरान्ह ४।४० को कतार एयरलाइन्सको फ्लाइटमा न्युयोर्क उडेका छन्। उनलाई नियन्त्रणमा लिनुलाई कर्पोरेट गेमप्लानका रूपमा समेत हेरिएको छ।
    वित्तीय रुपमा टाट पल्टिएपछि अष्ट्रेलियाको लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले भैरहवास्थित टाइगर प्यालेसलाई बिक्रीमा राखेको धेरै भइसक्यो। यो होटल किन्न धेरै पार्टीबीच सम्झौता समेत भइसकेको छ।
    तर नेपालमै रहेको एउटा समूहले होटल बिक्री गर्न नदिन विभिन्न तिकडम गर्दै आएको स्रोतले बतायो। त्यही समूहले बोल्सोभरलाई नियन्त्रणका लागि मन्त्री आलेसम्मलाई उक्साएको स्रोतले बतायो। ुविदेशी लगानीकर्तालाई ह्यारेस गरेर होटल हत्याउन सबै किसिमको हर्कत भइरहेको छ। त्यही योजना अनुसार मन्त्री आलेलाई समेत प्रयोग गरिएको हो,ु स्रोतले भन्यो, ुपाँच अर्बको पोपर्टी यहीँ भएको कम्पनीको सीइओलाई नियन्त्रणमा लिनुपर्ने कुनै कारण छैन।ु
    यो होटल किन्न नेपालका नाम चलेका व्यापारिक समूह इच्छुक थिए

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.