logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जाडो छल्न युवाहरुलाई खेलकुद सामाग्री


    ७ माघ २०७८ , शुक्रबार

    जाडो छल्न युवाहरुलाई खेलकुद सामाग्री

    अञ्जना चौहान 
    लुम्बिनी । रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ ले विभिन्न खेलकुद सामाग्री वितरण गरेको छ । विगत एक सातादेखिको बढ्दो चिसाे र सितलहरलाई मध्यनजर गर्दै खेलकुदले शरीरमा उर्जा प्रदान गरी जाडोबाट युवाहरुलाई केही राहत हुने ध्येयले खेलकुद सामाग्री वितरण गरिएको हो ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ द्वारा आयोजित एक कार्यक्रमका बीच वडाको हरेक टोलका युवाहरुलाई उक्त खेलकुद सामाग्री वितरण गरिएको हो । युवाहरुलाई १८ सेट क्रिकेट सामाग्री र २ सेट भलिबल सामाग्री वितरण गरिएको वडा अध्यक्ष अकरामुद्दीन खानले बताउनुभयो ।

    वडा सचिव रामअनुज कुर्मीको सञ्चालन तथा वडा अध्यक्ष खानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा सदस्य रेयाज अहमद, फूलकुमारी हरिजन लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.