कमल रायमाझी
भैरहवा, ९ माघ । भैरहवामा नयाँ सोचका साथ द ग्राण्ड किचन रेष्टुरेण्ट सञ्चालनमा आएको छ । यो रेष्टुरेण्ट नेपाली र विदेशी सबैको रोजाईमा पर्ने सेवा सुविधाका साथ शुरु गरिएको हो । सिद्धार्थनगर नगरपालिका वार्ड नं. ७ जनक पथमा रहेको रेष्टुरेण्टले ग्राहकहरुलाई आकर्षण गर्ने खालका सेवा सुविधाहरु दिन शुरु गरेको छ ।

स्थानीय युवा उद्धमीहरुको सहकार्यमा सञ्चालनमा आएको रेष्टुरेण्टले ग्राहकको चाहना अनुसारका योजनाहरु अगाडि सारेको सञ्चालकहरु बताउँछन् । करिब रु. १ करोड ६५ लाख लागतमा पूर्ण सञ्चालनमा आउने रेष्टुरेण्टले हालसम्म रु. १ करोड ५० लाख लगानी गरिसकेको छ । नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटकहरुलाई मध्येनजर गरेर खोलिएको रेष्टुरेण्टमा नेपाली,इन्डियन र कन्टिनेण्टल खानाको स्वाद दिने गरेको छ । १७ जना युवाहरुलाई रोजगार दिएको यो रेष्टुरेण्टले बालबालिकाका लागि समेत छुट्टै मेनुको व्यवस्था गरेको रेष्टुरेण्टका सञ्चालकहरु बताउँछन्। विशेष प्रकारका कफीको स्वादका साथ पुस्तकालयको समेत व्यवस्था गरिएको रेष्टुरेण्टले बच्चादेखि युवा हुँदै साहित्यकारहरुको लागि समेत आकर्षण स्थल बनेको छ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने हजारौँ पर्यटकको प्रवेश नगरी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बढ्दो कर्पोरेट तथा बैकिङ क्षेत्रलाई मध्येनजर गरेर खोलिएको द ग्राण्ड किचनले स्थानीयहरुको समेत रोजाइमा परेको छ । सांस्कृतिक कला र आधुनिकतालाई सम्मिश्रण गरी सजावट गरिएका रेष्टुरेण्टमा पुराना ग्रामफोन देखि टेलिफोन र घडी समेत देख्न सकिन्छ ।

आधुनिक प्रविधिहरुको प्रयोग, पुस्तकालय र कला संस्कृतिको झल्को आउने गरी निर्माण गरिएको रेष्टुरेण्ट यसक्षेत्रको पहिलो रेष्टुरेण्ट भएको सञ्चालक उमेश आचार्य बताउनुहुन्छ । खानाका लागि अनलाईन बुकिङदेखि होम डेलिभरको व्यवस्था रहेको रेष्टुरेण्टले जन्मदिन मनाउन आउने ग्राहकका लागि निःशुल्क केकको समेत व्यवस्था गरेको सञ्चालक राजु रिजाल बताउनुहुन्छ ।
किड्स मेनु
सबै क्षेत्रका मानिसहरुलाई सर्वसुलभरुपमा सेवा सुविधा दिन खोलिएको द ग्राण्ड किचन रेष्टुरेण्टले किड्स मेनुको व्यवस्था गरेको छ । रेष्टुरेण्टमा अभिभावकसंग आउने बालबालिकाहरुका लागि उनीहरुको रुचि अनुसारको किड्स मेनु व्यवस्था गरिएको छ । यो मेनुमा अर्डर गरेपछि बालबालिकाहरुका लागि मात्र खाना सर्भिस गरिने रेष्टुरेण्ट सञ्चालकहरु बताउँछन् । बालबालिकाहरुलाई पुग्ने र उनीहरुको चाहना अनुसार तयार गरिने खानाको मूल्य समेत सस्तो पर्ने छ । नयाँ सोचका साथ खोलिएको यो रेस्टुरेण्ट बालबालिकामैत्री समेत रहेको छ ।

हयाप्पी आवर
द ग्राण्ड किचन रेष्टुरेण्टले प्रत्येक शुक्रबारलाई ‘हयाप्पी आवर’ बारको रुपमा मनाउने जनाएको छ । साप्ताहिकरुपमा शुक्रबारलाई हयाप्पी आवरको रुपमा मनाउने र ग्राहकहरुका लागि समेत विशेष प्याकेजका साथ सहभागी गराइने सञ्चालहरु बताउँछन् । भैरहवाका सबैक्षेत्रमा आवद्ध मानिसहरुका लागि मध्येनजर गरेर खोलिएको यो रेस्टुरेण्टले बैठक तथा संघसस्थाका कार्यक्रमहरु र खुसीका लागि आउने मानिसहरुलाई खुसी दिने छ । यो रेस्टुरेण्टमा एकपटक आएका ग्राहकहरु पुनः आउने अपेक्षा गरिएको देखिन्छ । त्यसका लागि सञ्चालक र योग्य कर्मचारीहरु खटिएको देखिन्छ ।

अनलाईन सेवा
भैरहव क्षेत्रमा यती धेरै सेवा सुविधाका साथ खोलिएको द ग्राण्ड किचन रेष्टुरेण्टले ग्राहकहरुको चाहना अनुसार अनलाईन सेवा समेत दिन शुरु गरेको छ । यसले कर्पोरेट क्षेत्रका साथै बैंकिङ, सरकारी कार्यालयहरु र आम ग्राहकहरुका लागि समेत अनलाईन अर्डर गर्ने र अर्डर अनुसारका खानाहरु डेलिभर गरिदिने गरेको छ ।

निःशुल्क केक
द ग्राण्ड किचन रेष्टुरेण्टले जन्मदिन मनाउन आउने ग्राहकहरुका लागि निःशुल्क केक प्रदान गर्ने भएको छ । रेष्टुरेण्टको तर्फबाट केक निःशुल्क प्रदान गरिने छ भन्दै रेष्टुरेण्ट व्यवस्थापनले पारिवारिक बातावरणमा रमाइलो र खुसी साटासाट गर्ने स्थलको रुपमा द ग्राण्ड किचन बन्ने दावी गरेका छन् । स्थानिय तथा विद्यार्थीहरु र संघ संस्थाकालागि मध्येनजर गरेर यो व्यवस्था गरिएको देखिन्छ
२५ प्रकारका कफी
ग्राहकहरुका लागि नेपाली, इन्डियन र कन्टिनेण्टल खानाको सुविधा रहेको द ग्राण्ड किचन रेष्टुरेण्टले २५ प्रकारका कफीको स्वाद समेत ग्राहकहरुका लागि दिने भएको छ । रेष्टुरेण्टमा आएर बस्ने ग्राहकहरुको चाहना अनुसारका कफीहरु उपलव्ध गराउने द ग्राण्ड किचन रेष्टुरेन्ट व्यवस्थापनले जनाएको छ । यो रेष्टुरेण्टमा साहित्य अध्ययन गर्न आउने ग्राहकहरुका लागि विशेष सुविधाका साथ चिसो र तातो २५ प्रकारका कफी मध्ये चाहना अनुसारको कफी उपलब्ध गराइने छ ।

विविध क्षेत्रका सञ्चालक
विभिन्न सेवा सुविधाका कारण चर्चामा आएको द ग्राण्ड किचन रेष्टुरेण्ट भैरहवाका सञ्चालकहरु विभिन्न क्षेत्रमा सफल भएका युवा उद्यमीहरु रहेका छन् । स्कुल, बैंकिङ, पर्यटन ,स्वास्थ्य र सञ्चारक्षेत्रमा लगानी गरी सफलता प्राप्त गरेका ६ जना युवाहरुको समुह यो रेष्टुरेण्ट सञ्चालक रहेका छन् । जसमा उमेश आचार्य, राजु रिजाल, राजु पाण्डे, हरि प्रसाद आचार्य, श्री रायमाझी र नविन आचार्य रहेका छन् । जो यसक्षेत्रका सफल युवा उद्यमीको पहिचान भएको युवाहरु हुन् ।

अन्त्यमा
बढ्दो शहरीकरणसंगै व्यापार र औद्योगिकक्षेत्रमा विविधिकरणको शुरुवात भएको छ । पर्यटन क्षेत्रमा दर्जनौ व्यवसायहरु मध्ये द ग्राण्ड किचन रेष्टुरेण्ट एक हो । भिडहरुका बीच शुरुवात गरिएको यो रेस्टुरेण्ट विविध सुविधा दिने मध्ये पहिलो बनेको छ । स्थानीय पर्यटन क्षेत्रलाई आकर्षण गर्ने र ग्राहकको चाहना अनुसार सेवा दिने उद्देश्यका साथ सञ्चालनमा आएको यो रेष्टुरेण्टले आफ्ना चुनौतीहरुको सामना गर्दै अवसरहरु सदुपयोग गर्ने अपेक्षा गरिएको छ । ग्राहकको चाहना अनुसार अगाडि बढ्न खोजेको द ग्राण्ड किचन रेष्टुरेण्ट सबैको रोजाइमा अवश्य पर्ने देखिन्छ ।