logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    प्रेस सेन्टर नेपालको बिस्तारित बैठक


    १० माघ २०७८ , सोमबार

    प्रेस सेन्टर नेपालको बिस्तारित बैठक

    अञ्जना चौहान ⁄लुम्बिनीखवर
    भैरहवा, १० माघ । प्रेस सेन्टर नेपाल  रुपन्देहीको दोस्रो विस्तारित बैठक भैरहवामा सम्पन्न भएको छ ।


    विहान ९ बजे देखि शुरुभएको बिस्तारित बैठकमा विभिन्न एजेण्डाहरुको विषयमा छलफल भएको सेन्टरको जिल्ला कार्य समिति रुपन्देहीले जानकारी दिएको छ ।
    प्रत्येक तिन महिनामा बस्ने बिस्तारित बैठकमा सेन्टरका जिल्ला अध्यक्ष कमल रायमाझीले बैठकमा एजेण्डाहरु प्रस्तुत गरेको थिए । अध्यक्ष रायमाझीले संगठनले विगतमा भएका सचिवालय बैठक, कार्यसमिती बैठक र समसामुहिक बिषयमा भएका निर्णयहरुको जानकारी गराउदै बिस्तारित बैठकको शुरुवात गरेको संगठनका जिल्ला सचिव बिष्णु पोखरेलले जानकारी गराए ।
    बैठ्कमा संगठनका फ्याक्सन इञ्र्चाज तथा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जि.सी.ले पार्टीको बर्तमान अवस्था तथा बैचारिक नीति र राजनीतिक अवस्थाको विषयमा जानकारी गराएका थिए ।
    प्रेस सेन्टरका केन्द्रिय सदस्यद्धय सरु राना तथा भुवन कार्कीले संगठनको हालका कार्यक्रम र भावि योजनाका विषयमा प्रशिक्षणात्म भनाई राखेका थिए ।उनिहरुले सेन्टरले गरेका अहिलेका कामहरु र अब गर्नुपर्ने विषयहरु बिस्तारित बैठकमा केन्द्रिय कमिटीको धारणा अवगत गराएको सेन्टरका जिल्ला कोषाध्यक्ष संजय लामाले जानकारी दिए ।
    सेन्टरका प्रदेश बरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवरले पत्रकारहरु पेशागत हित र व्यवसायी पत्रकारीताको माध्याम बाट गरिब दुःखीको पक्षमा निडर भएर कलम चलाउनुपर्ने भन्दै संगठनको बिचारमा प्रतिवद्ध भएर लाग्न निर्देशन दिएका थिए ।
    विस्तारित बैठकमा संगठनको विगतमा भएका कार्यक्रमहरुको समिक्षा, रिपोटिङ, अस्वस्थता भएका साथीहरुको स्वास्थ्य लाभको कामना, बनभोज तथा प्रशिक्षण कार्यक्रम गर्ने छलफल भएको सेन्टरको जिल्ला कार्यसमितीले जनाएको छ ।

    साथै बैठकमा सेन्टरका जिल्ला सदस्य पशुपति यादव नेपाल रेडक्रस सोसाइटी धकधई उप–शाखा समिती को सचिव पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्नुका साथै प्रेस ज्याकेट बितरण गरिएको थियो ।
    कार्यक्रममा प्रेस सेन्टरका प्रदेशद्धय सदस्य दिपक गलामी, राजाराम चौधरी, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिती सदस्य मोति न्यौपानेले आआफ्नो भनाई राखेका संगठनका जिल्ला सचिवालय सदस्य रिया बस्नेतले जानकारी गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.