logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कपिलवस्तुमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम


    ११ माघ २०७८ , मंगलबार

    कपिलवस्तुमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

    अञ्जना चौहान
    कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अन्तर्गत लबनीमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । सोमबार शुद्धोधन गाउँपालिका-४ मुडफुटवा स्थित विठुवा आयुर्वेद औषधालयको आयोजनामा उक्त जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम भएको हो ।

    कार्यक्रममा बोल्दै आयुर्वेद औषधालय लबनी शाखाकी प्रमुख सुधा कुमारी द्विवेदीले स्वास्थ्य जीवनशैलीका लागि दैनिक योग, ध्यान, व्यायाम, सूर्यनमस्कार लगायत कुराहरुमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन बिहान उठेपछि खालीपेट तातो पानी खाँदा शरीरलाई अचुक फाइदा हुने बताउनुभयो ।

    शारीरिक तन्दुरुस्तीका लागि गरिने विभिन्न क्रियाकलापहरुको बारेमा जेष्ठ नागरिकहरुलाई जानकारी गराउनुका साथै सोमबार, बुधबार र शुक्रबार आयुर्वेद औषधालय लबनी शाखामा वाथरोगको परिक्षण तथा उपचार हुने जानकारी गराउनुभएको थियो ।

    शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसाद अहमद खानको प्रमुख आतिथ्यता र आयुर्वेद औषधालय लबनी शाखा प्रमुख सुधा कुमारी द्विवेदी, शिवलाल गैरे, योजना शाखा प्रमुख इश्वरी न्यौपाने लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा २५ जना जेष्ठ नागरिकहरुलाई ब्लड प्रेसर चेकजाँच गरि च्यवनप्रास र मालिस तेल समेत वितरण गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.