logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    भीम अस्पतालमा आधुनिक प्रविधिबाट दाँतको उपचार


    १२ माघ २०७८ , बुधबार

    भीम अस्पतालमा आधुनिक प्रविधिबाट दाँतको उपचार

    विपन्न वर्गका नागरिकका लागि प्रमुख स्वास्थ्य केन्द्र भीम अस्पताल

    कमल रायमाझी 

    भैरहवा, १२ माघ । रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको सरकारी अस्पताल भीम अस्पतालमा आधुनिक प्रविधिको प्रयोगबाट दाँतको उपचार हुने गरेको छ ।


    आम सर्वसाधरणका लागि सहज र सरलरुपमा उपचार गर्ने भीम अस्पतालले दाँतको उपचार शुरु गरेको हो । अस्पतालमा मासिक ३ सय देखि ५ सय सम्म दातँ उपचारका लागि मानिसहरु आउँने गरेका छन् ।
    भैरहवा, मर्चवार, धकधई, लुम्बिनी क्षेत्र लगायत तौलिहवा र परासीक्षेत्रका मानिसहरु समेत दाँत उपचारका लागि भीम अस्पतालमा आउने गरेको अस्पतालको सुचना शाखाले जानकारी दिएको छ ।
    नेपालको प्रयोग हुने आधुनिक प्रविधिको माध्याम बाट दातँको उपचार अस्पतालले गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शकुन्तला गुप्ताले जानकारी दिईन । उनले आम सर्वधारणामा देखिने दातँको समस्याहरुलाई मध्यनजर गरेर दातँको उपचार अस्पतालले गरिरहेको बताउँदै सुपरिटेन्डेन डा. गुप्ताले नयाँ प्रविधिहरु प्रयोग अस्पतालले गरिरहेको बताईन ।
    गाउँगाउँ बाट आउने र शहरमा बस्नेहरुलाई सस्तो र भरपर्दो किसिमले दातँको उपचार भीम अस्पतालले गरिरहेको अस्पतालका सुचना अधिकारी डा. सिदार्थ पाण्डे जानकारी दिए । नयाँ र आधुनिक प्रविधिको प्रयोगबाट डेन्टल डिर्पाटमेन्टले सरलरुपमा उपचार गरिरहेको डा. पाण्डेले बताए ।
    नयाँ प्रविधिको प्रयोगबाट दात सफागर्ने, दात निकाल्ने, दात भोर्ने, जराको उपचार गर्ने र टाका लगाउने (माईनर सुचरिङ ) गर्ने उपचार हुनेगरेको भिम अस्पताल डेन्टल विभाग प्रमुख डा. प्रकृती बासुकलाले बताईन् ।
    हाल अस्पतालमा इन्डोमोटर र आर.भि.जि. प्रविधिको प्रयोगले छिटो र छरितो तरिकाले दातँको उपचारमा भीम अस्पताल डेन्टल विभागमा सकृय रहेको डा.रक्षा कार्कीले जानकारी दिईन ।
    वि.स. १९९० सालमा स्थापना भएको यो अस्पताल विपन्न वर्गका नागरिकका लागि उपचारको प्रमुख स्वास्थ्य केन्द्र हो । यहाँ हाल प्रविधिक र प्रशासनमा गरि १४८ जना कर्मचारी कार्यरत छन् । जसमा १८ जना डाक्टरहरुमा ७ जना बिशेषज्ञ डाक्टरहरु कार्यरत रहेको अस्पताल प्रशासन प्रमुख गोबिन्द ज्ञवालीले जानकारी दिए ।


    यहाँ इमरजेन्सी , ओपिडी, डेन्टल, अर्पेशन, एक्सरे, प्रसुती, इन्डोर, ल्याब, कोभिड, एनआईसियू वार्ड, मातृ शिशु क्लिनिक, अल्ट्रासाउण्ट सेवा लगायतका विभाग रहेको छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.