logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    खोप लगाएका विद्यार्थीहरु माघ २० पछि स्कुलमै पढ्न पाउने


    १४ माघ २०७८ , शुक्रबार

    खोप लगाएका विद्यार्थीहरु माघ २० पछि स्कुलमै पढ्न पाउने

    भैरहवा, १४ माघ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोभिड-१९ विरुद्धको खोप पाएका विद्यार्थीलाई पढाउन दिने तयारी गरेको छ । सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘विद्यार्थीले खोप पाइसकेको हकमा उनीहरूलाई भौतिक उपस्थितिमा पढाउन दिनेबारे छलफल सिसिएमसीमा चलेको छ, अझै निर्णय भने हुन सकेको छैन ।’

    उनका अनुसार माघ २० गतेसम्ममा यसबारे निर्णय हुनेछ । सरकारले कोरोना संक्रमणदर तीव्र गतिमा बढेपछि पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेदेखि २० गते पाँच दिनसम्म भने विद्यालयलाई खोप केन्द्र बनाउन देशभरको विद्यालय खोलिने जनाएको छ ।

    माघ १५ पछि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउने सरकारको योजना छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले पनि खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमा माघ २३ पछि अध्यापन गर्न दिन सरकारसँग माग गरेको थियो । प्याब्सनले गत बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर यस्तो माग गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.