विवश विष्ट
बुटवल । विगतमा पुस महिना लाग्ने बित्तिकै शितलहर सहितको जाडो हुन्थ्यो तर यो बर्ष भने माघ महिनाको सुरुवातीसँगै चिसो बढेको छ । देशभरका विभिन्न ठाउँ विशेष गरि तराई क्षेत्रसहित बुटवलमा पनि ह्वात्तै चिसो बढेको छ।
केही दिनदेखि राम्रोसँग घाम लाग्न नसक्दा बुटवलमा हरेक दिनजसो बिहानदेखि नै लागेको बाक्लो हुस्सु लाग्ने र चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् । चिसोले गर्दा दिउँसो काम गरि बिहानबेलुका छाक टार्न बाध्य हुने भएका मजदुरका लागि यो समय निकै कष्टपुर्ण रहेको मजदुरहरु बताउछन। बिहानै उठि काम गर्न पर्ने कामदारहरुलाई झनै तनाव छन ।
घाम नदेखेको लामो समय पुगिसक्दा अहिले रिक्सावाला तथा ठेलावाला लाई समेत समस्या परेको छ । दिनभर रिक्सा चलाएर बिहानबेलुका हातमुख जोर्न बाध्य रिक्सावाला र ठेलामा मम चाउमिन, पानिपुरि लगायतका सामान बेचेर जिविकोपार्जन गर्ने ठेलावालालाई समेत सास्ती परेको मजदुरलाई बताउँछन । यस विषयमा एक रिक्सावाला जो गोलपार्कमा बस्दै रिक्सा चलाउदै आएका रिक्सावाला भन्छन “पहिले बिहानै करिब ४ बजेदेखि रिक्सा चलाउन सुरु गर्थे, तर अहिले निकै चिसो छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु पर्ने भएकोले आजभोलि यो चिसो समयमा बिहान ७ बजेदेखि सुरु गरि बेलुका ७ बजेसम्म चलाउछु। जति चिसो भए नि आफ्नो काम त गर्नै पर्यो, होईन भने के लाउने के खाने ? यस्तै समस्या छ ।” चिसोबाट बच्न तपाईं के गर्नुभएको छ भन्ने प्रश्नमा पासवान भन्छन “अहिले निकै चिसो छ, हातमा पन्जा, जुत्ता मजा र कपडा त लगाईएको छ नै यस बाहेक रिक्सा चलाईरहदा आगो बोलेको ठाउमा गई एकछिन भए नि आगो ताप्छु ।”
चिसोबाट समस्यामा परेका ठेलावाला र घर बनाउने मजदुररुको पनि उस्तै गुनासो रहेको छ। जति चिसो भए पनि काम गर्नुपर्ने बाध्यता छ। गर्मी समयमा चिसो हावाको लागि सबै बुटवलबासि घरबाहिर निस्कने र हाम्रो सामान मम, चाउमिन, पानीपुरि लगायतका सामान खाएर बढ्थ्यो तर अहिले जाडोले बाहिर कोहि ननिस्कने हुदा हाम्रो व्यापार समेत चौपटमा परेको लक्ष्मीनगर चोकमा रहेको एक ठेलावालाले दुखेसो पोखेका छन। सडक निर्माणमा जुटेका तथा घर बनाउने कामदारले समेत दिउँसो भरि काम गर्नु पर्ने हुस्सुको चिसो पानिले समेत भिजाएर चिसोबाट ग्रसित रहेको बताउछन।