logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    हुमाकान्तको दैनिकी : विद्यार्थी र माहुरीको स्याहार


    १७ माघ २०७८ , सोमबार

    हुमाकान्तको दैनिकी : विद्यार्थी र माहुरीको स्याहार

    दीपक जैसवाल
    सैनासैना, १७ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगर पेट्रोल पम्प नजिकै एउटा माहुरी घार सहितको घर छ । जहाँ दिउँसोको समय विद्यार्थीहरुलाइ पढाएर बिहान र साँझको समय माहुरीलाई हेरचाह गरेर दिनचर्या बिताइरहेका छन्, हुमाकान्त पोख्रेल । पेशाले शिक्षक रहेका पोख्रेलको दैनिकी विद्यार्थीहरुलाई शिक्षा दिदै र माहुरीको स्याहारसुसार गर्दै बित्ने गर्छ । उनी करिब ८० माहुरीका घार लिएर सैनामैना सहित कहिले लुम्बिनी त कहिले दाङ पुग्छन् ।

    पोख्रेललाई मह कहाँ लगेर बेच्न भन्ने कुराकोे कहिल्यै लाग्दैन किनकि महका व्यापारी तथा मह खान रुचाउनेहरु मह किन्न बुटवल, भैरहवा, पाल्पा, कपिलवस्तु लगायतका ठाउँहरुबाट उनकै घरमा पुग्छन् । शुद्ध महकै कारण एक पटक मह किनेकाहरु पटकपटक मह किन्न पोख्रेल कहाँ पुग्ने गरेको व्यापारीहरु बताउँछन् ।

    अनुगमनका क्रममा हामी पोख्रेलको घरमा पुग्दा बुटवलबाट देवकी कार्की, हरि न्यौपाने, माधव थापा र सैनामैनाका मदन घर्ती, कपिलवस्तुका रमेश पोख्रेल, कञ्चनका माया क्षेत्री, सुदीप गौतम लगायतको टोली मह किन्न सैनामैना पुगेको थियो । उनीहरुका अनुसार कोहि दोस्रो पटक त कोहि तेस्रो पटक मह किन्न आएका थिए ।

    पोख्रेलको अझ चाखलाग्दो कुरा त के छ भने उनी सजिलै शुद्ध, अशुद्ध मह छुट्याउन सक्छन् । उनी अन्य माहुरी पालक कृषकलाई पनि महको शुद्धता छुट्याउने उपाय सिकाउने गरेका छन् ।

    माहुरी पालनबाट मात्रै उनी वार्षिक २ लाख आम्दानी गरी पाँच जनाको परिवार बडो सजिलैसँग पालिरहेको बताउँछन् । उनको मुख्य पेशा शिक्षक भएतापनि फुर्सदको समयका लागि रोजेको माहुरी पालन पेशाबाट निकै खुसी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.