logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    कञ्चन आइपुगे प्रमुख प्रशासकीय काशिराम पन्थि


    १८ माघ २०७८ , मंगलबार

    कञ्चन आइपुगे प्रमुख प्रशासकीय काशिराम पन्थि

    दीपक जैसवाल
    सुर्यपुरा । रुपन्देहीको कञ्चन गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । सोमबार एक कार्यक्रमका बीच नयाँ प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थिलाई गाउँपालिकामा स्वागत गरिएको हो ।

    गुल्मीको धुर्कोट गाउँपालिकामा ३ वर्षको कार्यकाल बिताएर आउनुभएका पन्थीलाई गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले भव्य स्वागत गरेका हुन् ।

    कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको विकासमा सबैको साथ सहयोगले गाउँपालिका यो स्थानसम्म पुगेको बताउनुभयो । उहाँले अहिलेसम्म हरेक विकास निर्माणका कार्यहरुमा सबै जनप्रतिनिधि र कर्मचारीको साथ रहेको र अगामी दिनहरुमा पनि साथ सहयोग रहने आशा व्यक्त गर्नुभयो ।

    त्यस्तै गाउँपालिका उपाध्यक्ष गोमा तरामुले समग्र पालिकाको विकासमा स्थानिय, जनप्रतिनिधि तथा कर्मचारीहरुबीच सहकार्र्य हुन आवश्यक रहेको बताउनुभयो । ‘काम गर्ने क्रममा यी पक्षबीच तालमेल नमिले विकास निर्माणका कार्यहरु प्रभावित हुने हुनाले सबैबीच सहकार्य हुन अत्यन्तै जरुरी छ,’ उहाँले भन्नुभयो ।

    कर्यक्रममा आफ्नो कामको अनुभव सुनाउँदै प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध सुमधुर बनाउँदै जाने र सबैलाई एकजुट गराएर विकास निर्माणमा धुर्कोटको अनुभव कञ्चनमा लागु गर्ने बताउँनुभयो ।

    गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरे, शिक्षा शाखा प्रमुख रमेश भुषाल, कार्यपालिका सदस्य रेनु कुँवर, वडा नं ५ का वडाअध्यक्ष कृष्ण प्रसाद अधिकारी, विभिन्न शाखा प्रमुख र सञ्चारकर्मीहरुको सहभागिता रहेको सोही कार्यक्रमका बीच पूर्व कर्मचारी नैना जैसी र आसिम भण्डारीलाई समेत विदाई गरिएको थियो ।

    गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले गर्नुभएको थियोे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.