logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    राष्ट्रिय युवा संघ रुपन्देहीद्वारा वृहत रक्तदान, १२५ यूनिट रगत संकलन


    १९ माघ २०७८ , बुधबार

    राष्ट्रिय युवा संघ रुपन्देहीद्वारा वृहत रक्तदान, १२५ यूनिट रगत संकलन

    बुवटल । राष्ट्रिय युवा संघ नेपालको सप्ताहव्यापी रक्तदान अभियान अन्तरगत रुपन्देहीमा मंगलबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ रुपन्देहीले बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरेको कार्यक्रममा १२५ यूनिट रगत संकलन भएको छ ।

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघ रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा युवाहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक तथा राष्ट्रिय युवा संघ जिल्ला कार्यसमिति सदस्य दिपक खड्कीले बताए । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ रुपन्देही ईन्चार्ज केशव रोकाले सामाजिक अभियानसँगै स्वास्थ्य क्षेत्रमा समेत युवाहरुको योगदानका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे ।

    रगत नपाएर कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्यका लागि यो अभियानले सहयोग गर्ने उनले उल्लेख गरे । राष्ट्रिय युवा संघले सप्ताहव्यापी रुपमा देशका अन्य जिल्लाहरुमा समेत यसैगरी रक्तदान कार्यक्रमको आयोजना गरिरहेको उनले जानकारी गराए ।

    राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, युवा नेताहरु दिनानाथ भट्टराई, सुरज खरेल लगायतको उपस्थिती रहेको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो । मुलुकका विभिन्न आन्दोलनहरुमा मात्रै होइन मानवीय सेवामा पनि युवा संघ तयार छ भन्ने सन्देश यो अभियानले दिने उनीहरुले बताए ।

    रत्तदाताहरुलाई प्रमुख अतिथी राष्ट्रिय युवा संघ रुपन्देही ईन्चार्ज रोका लगायत उपस्थित अतिथीहरुले प्रमाणपत्र प्रदान गरेको सदस्य कृष्ण कुमालले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.