logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भैरहवाका दुई क्यासिनोले तिरेनन् ३३ करोड राजस्व


    २० माघ २०७८ , बिहिबार

    भैरहवाका दुई क्यासिनोले तिरेनन् ३३ करोड राजस्व

    सात क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता
    भैरहवा, २० माघ । सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ । जसमा भैरहवा होटल रेडसनमा सञ्चालित  ह्याप्पी आवर,  र होटल लाकोलमा सञ्चालित रक इन्टरनेसनल  क्यासिनो पनि रहेका छन् । ति क्यासिनोले रु. ३३ करोड भन्दा बढि राजस्व सरकारलाई नबुझाएको देखिन्छ ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले सात कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव २०७७र७८ सम्मको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको हो । सात कम्पनीले ८७ करोड १५ लाख १५ हजार बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजतपत्र लिएका दुई कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल सञ्चालनको इजाजत लिएका तीन कम्पनी छन् ।
    पर्यटन विभागले आज सार्वजनिक सूचना जारी गर्दै पटक(पटक ताकेता गर्दा पनि क्यासिनो कम्पनीले बक्यौता बुझाउन अटेर गरेको भन्दै तोकिएको अवधिमा बक्यौता नबुझाउने कम्पनीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
    विभागका अनुसार बक्यौता नबुझाउने क्यासिनो इजाजतपत्र लिएको कम्पनी होटेल याक एन्ड यति प्रालिले २० करोड ६८ लाख १५ हजार र ओरियन्टल होटल्स लिमिटेड ९र्‍याडिसन होटेल० ले १८ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्नेछ ।
    त्यस्तै, क्यासिनो सञ्चालक ह्याप्पी आवर, रक इन्टरनेसनल र सेन्ट्रल मिडिया प्रालिले बक्यौता बुझाएका छैनन् । ह्याप्पी आवरले २१ करोड ५५ लाख, रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.