logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    भैरहवा बहुमुखीमा प्राइभेट कलेजका ऐजेण्टहरुले भर्ना रोक्न खोजेको तीन विद्यार्थी संगठनको आरोप


    २१ माघ २०७८ , शुक्रबार

    भैरहवा बहुमुखीमा प्राइभेट कलेजका ऐजेण्टहरुले भर्ना रोक्न खोजेको तीन विद्यार्थी संगठनको आरोप

    भैरहवा, २१ माघ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसको रुपमा रहेको भैरहवा बहुमुखी क्याम्पसमा प्राइभेट कलेजका ऐजेण्टहरुले भर्ना कार्यक्रम रोकेको भन्दै तीन विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।

    चालु शैक्षिक वर्ष २०७८ मा हुने नयाँ भर्ना कार्यक्रमलाई निजी स्वार्थका लागि प्राइभेट कलेजहरुमा भर्ना गराउने एजेण्टका रुपमा केही विद्यार्थी संगठन भनाउँदाहरुले रोक्न खोजी विद्यार्थीलाई भर्ना हुन असहज वातावरण सिर्जना गरेको भन्दै अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र नेपाल विद्यार्थी संघले आरोप लगाएका हुन् ।

    मंगलबार अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनले पहिले जे जसरी मासिक शुल्क लिई भर्ना गर्ने र बाँकी मासिक शुल्क वर्षको अन्त्यमा लिइन्थ्यो, सोही अनुरुप यथावत् रुपमा विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

    कोभिड महामारीका बेला विद्यार्थी भर्ना हुँदा एक वर्षको सबै शुल्कहरु एकमुष्ट तिर्नुपर्ने क्याम्पसले गरेको निर्णयप्रति तीन विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आपत्ति जनाउँदै भर्ना कार्यक्रमको सहज वातावरण मिलाउन क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएको अखिल (क्रान्तिकारी) का अध्यक्ष मनिष ढकालले बताए । उनले केही विद्यार्थी संगठनहरुले भर्ना र मासिक शुल्कको विषयलाई लिएर विद्यार्थीहरुमा नकारात्मक भ्रम सिर्जना गरी क्याम्पसको प्रतिष्ठामा नकारात्मक असर पर्ने कामको समेत आफुहरुले घोर विरोध गरेको जनाए ।

    त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका जिल्ला अध्यक्ष मोविन आलमले तीन विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विद्यार्थीहरुको हकहितका लागि सदैव अग्रपंतिमा आवाज उठाउँदै आएको बताउँदै प्राइभेट कलेजहरुबाट परिचालित ऐजेण्टहरुलाई क्याम्पसको भर्ना लगायत क्याम्पसका आन्तरिक क्रियाकलापमा अवरोध नगर्न समेत चेतावनी दिएका छन् ।

    विज्ञप्ति

    विज्ञप्ति

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.