भैरहवा, २५ माघ । सिद्धार्थनगर-१२ जनकपथस्थित डेन्टल होममा रुपन्देही क्याम्पसका शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ । डेन्टल होमका सञ्चालक तथा प्रमुख डाक्टर लोकराज खनाल र रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायबीच भएको एक हस्ताक्षरित सम्झौता अनुसार डेन्टल होमबाट उपलब्ध हुने सेवाहरुमा क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको हो ।
डेन्टल होमबाट प्रवाह हुने स्वास्थ्य परामर्शमा ५० प्रतिशत र उपचार प्रक्रियामा १० प्रतिशत छुटको व्यवस्था गरिएको डेन्टलका सह-सञ्चालक प्रकाश खनालले बताउनुभयो ।
त्यस्तै आगामी दिनहरुमा क्याम्पस हेल्थ डेस्कसँगको सहकार्यमा विभिन्न डेन्टल हेल्थ क्याम्पहरुको आयोजना समेत गरिने उक्त सम्झौतामा उल्लेख गरिएको क्याम्पसका हेल्थ डेस्क प्रमुख डा. नम्रता चौधरीले जानकारी दिनुभयो ।