सावित्री घिमिरे
भैरहवा । सधै अपराधीहरुलाई नियन्त्रण गर्ने र हतियार सहित कार्य क्षेत्रमा खटिने प्रहरी एक्कासी वृद्धाश्रममा पुगेपछि अचम्म भएको छ । आम मानिसको धारणा प्रहरीसंग समदुरी राख्नुपर्ने भनाइ छ । प्रहरीले खाली सुरक्षा मात्र दिने काम गर्छ भन्ने मानिसको बुझाइ पनि रहेको छ । तर रुपन्देही प्रहरीले सुरक्षा मात्र आफ्नो जिम्मेवारी नभएर मानव सेवा पनि आफ्नो कर्तव्य हो भन्ने कुरा प्रमाणित गरेको छ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा रहेको सत्यसाई वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरुको दैनिक खर्च चलाउन समस्या परेको छ भन्ने सामाचारहरु आइरहेको सुनेपछि रुपन्देही प्रहरी प्रमु्ख प्रहरी उपरिक्षक डा.मनोज केसी आफै खाद्यान्न र वृद्धहरुलाई चाहिने दैनिक उपभोग्य वस्तुहरु बोकेर वृद्धाश्रममा पुगेका छन् ।
एस. पि. डा. केसी आफै वृद्धाश्रम सहयोग बोकेर पुगेपछि त्यहाँ आश्रय लिइरहेका वृद्ध आमाबुवाहरुलाई समेत भावुक बनाएको छ । परिवार र समाजबाट मात्र नभएर राज्यबाट समेत अपहेलित भएको महसुस गर्ने ती वृद्धा आमाबुवाहरुको लागि एस.पि डा. केसी पुगेपछि आफ्नो साहारा आइपुगे जस्तो अनुभुति भएको त्यस वृद्धाश्रममा आश्रय लिइरहेका वृद्ध आमाबुवाहरु बताएका छन् । राज्यको कुनैपनि सरकारी निकाय यस वृद्धाश्रममा यसरी सहयोग बोकेर आएको बिरलै देखियो तर एस.पि आफै हामीसंग हाम्रा समस्याहरु बुझ्न र सहयोग लिएर आउँदा राज्यप्रति आफुलाई आश जागेको वृद्धा रानी खाँडले बताइन् ।
एस.पि. डा. केसी सहयोग लिएर पुग्नुका साथै वृद्धवृद्धाहरुसंगै बसेर उनीहरुका समस्या र उनीहरुका गुनासाहरुसंग भलाकुसारी गर्दै फेरिपनि आउने बताएपछि वृद्धवृद्धाहरुलाई आफ्नै सन्तान आएको र आफ्नो छोराजस्तो लागेको लुम्बिनीखबरसँगको कुराकानीमा उनीहरुले बताए । सधै आफुहरु आफ्ना सन्तान र परिवारबाट अपहेलित भएका कारण टाढिनु परेको बताउने वृद्धवृद्धाहरु एस.पि. आएर आफुसंग आफ्नै छोराले जस्तै आत्मीय कुरा गर्दै सहानुभूति देखाउँदा उनी असल छोरा रहेको एक वृद्ध बताउछन् ।
नेपाल प्रहरीमा उत्कृष्ट अनुसन्धान अधिकृतको उपमा पाएका अध्ययनशील र कर्तव्यनिष्ठ प्रहरी प्रमुख रुपन्देहीमा आएको भन्नेकुरा स्ुनेपनि उनी यसरी वृद्धाश्रमसम्म आइपुगेर आश्रमलाई आवश्यक सामाग्री आफ्नै तलब खर्चेर ल्याएको देख्दा उनी प्रहरी मात्र नभएर राष्ट्रका असल पुत्र भएको आश्रमका व्यवस्थापक केशव पौडेलले बताए । उनले भने, हामीसँग पनि केही छैन केवल परिवार समाजबाट टाढा गराइएका यी वृद्ध आमाबुवाहरु हुनुहुन्छ, उहाँहरुको आशिर्वाद मात्र छ ।
उहाँहरुको आशिर्वादले गर्दा यस वृद्धाश्रम पनि दुई दशकदेखि निरन्तर सञ्चालनमा आइरहेको छ । व्यवस्थापक पौडेल भन्छन्, स्थानियहरुले बेलाबेलामा दिने सहयोगहरुले आश्रम चलिरहेपनि पछिल्लो समय कोभिडको महामारीका कारण आश्रममा अलि संकट परेको छ । यो संकट डा. एस. पि. केसीको सहयोगले केही दिनको लागि चल्नेछ ।