logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सम्पादकिय


    २५ बैशाख २०७९ , आइतबार

    सम्पादकिय

    आफ्नो मतको सहि सदुपयोग गरौ
    स्थानीय तहको निर्वाचनले देश अहिले निर्वाचनमय बनेको छ । गाउँ, टोल देखि शहर सम्म निर्वाचन अभियानमा राजनीतिक दलका नेता तथा कार्यकर्ता आ–आफ्नो प्रचारमा जुटेको देखिन्छ । हिमाल, पहाड र तराईका जिल्लाहरुमा यो गर्मी समयमा तातेको चुनाबी माहोलले नेतृत्व छान्नका लागि जनताहरुलाई जागरुप बनाएको छ । उम्मेदवारहरु आ–आफ्ना पार्टीको घोषणापत्र, प्रतिबद्धतापत्र बोकेर घर–घरमा भोट माग्न पुगेका छन् । सवै मतदाताहरुको घरमा नमस्कार गर्दै भोट माग्न पुगेका स्थानीय तहका उम्मेदवारहरुले जनगुनासाहरु समेत सुन्ने गरेका छन् । नेपालको संविधान २०७२ ले शक्तीशाली बनाएको स्थानीय सरकारको नेतृत्व गर्न आतुर देखिएका उम्मेदवारहरुलाई विजय र पराजयको परिणाम हेर्न अव केहि दिनमात्र बाकी देखिएको छ ।
    अहिलेको स्थानीय निर्वाचनमा जनप्रतिनिधिहरुले समेत उम्मेदवारी दिएका छन् । उनिहरुले यो पाचँ बर्ष सम्म गरेका राम्रा र नराम्रा कामको समिक्षा समेत यो बेला हुने गरेको छ । नयाँ उम्मेदवारहरुलाई पनि जनताले जनपक्षिय काम गर्न सक्छ वा सक्दैन भन्ने मुल्याङ्कन गरिरहेको देखिन्छ । धेरै स्वतन्त्र उम्मेदवारहरु पनि अहिलेको निर्वाचनमा उम्मेदवारी बनेका छन् । उनिहरुले पनि राजनीतिक दलहरुले भन्दा आफुहरुले राम्रो गर्न सक्ने भाषणहरु गरेको सुनिन्छ । यसरी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्रता दिएका छन् । यसका नतिजा आउन निर्वाचन प्रकृयानै कुर्नु पर्ने भएपनि केहि स्थानीय तहमा भने कसले जित्न सक्छ भन्ने कुराको आकलनहरु हुनेगरेको छ । प्राय स्थानीय तहमा प्रतिस्पर्धा कुन–कुन दल वा उम्मेदवारको हुने भन्ने भएपनि स्वतन्त्र उम्मेदवारहरुले समेत चुनावी माहोल बनाएका छन् ।
    नेपालमा अहिले मुख्यतया पाचँ दलिय गठबन्धन, एमाले, मधेसवादी दलहरु र स्वतन्त्र मानिसले उम्मेदवार दिएका छन् । देशैभरी मुख्य प्रतिस्पर्धी गठबन्धन र एमालेको हुने देखिन्छ । अन्य सानादल, मधेसबादी र स्वतन्त्र उम्मेदवारहरु समेत ठुला दल संग प्रतिस्पर्धात्मक रुपमा चुनावमा सहभागी भएका छन् । यसको परीणाम नआउदा सम्म कसले कहाँ बिजय प्राप्त गर्न सक्छ भन्ने तथ्य भने निर्वाचन पछि मात्र भन्न सकिन्छ । चुनाव आफ्नो पक्षमा पार्नका लागि राजनीतिक दलका नेताहरु अहिले देश दौडाहमा निस्किएका छन् । देशको पुर्व देखि पश्चिम सम्म आफ्ना दलका उम्मेदवारहरुलाई भोट माग्न व्यस्त देखिएका दलका नेतृत्व पंक्तीहरु अहिले चुनावमा व्यस्त बनेका छन् ।
    नेपालमा स्थानीय तहका जनप्रतिनिधिहर जनसरोकार संग प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् । त्यसकारण पनि यो निर्वाचन जनताको लागि निकै महत्वपुर्ण मानिन्छ । निर्वाचनमा योग्य र राम्रा उम्मेदवारहरुले विजय प्राप्त गरे जनताको चाहाना अनुसार स्थानीय तहको विकास अगाडी बढ्ने देखिन्छ । तर जनचाहाना भन्दा व्यक्तिगत स्वार्थ, परिवारवाद, नातावाद र कृपावादमा निर्वाचित जनप्रतिनिधि लागेभने आगामी पाचँ बर्ष समेत त्यो स्थानीय निकायका लागि दुर्भाग्य हुने छ ।
    अहिले आफ्नै हातमा रहेको मतलाई सहि सदुपयोग गर्न सके आफ्नो टोल समाजको विकास र जनचाहाना पुरा गर्न सहज हुनेछ । त्यसकारण हाम्रा भन्दा राम्रालाई रोजौ र आफ्नो गाउँ टोलको विकासमा आफै सरिक बनौ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.