भैरहवा सिद्धार्थनगरको मेयरका उम्मेदवारहरुले संस्थागत विद्यालयको संरक्षणकालागि प्रतिबद्ध रहेको बताएका छन् । मेयरका उम्मेदवारहरु एमालेका डा. रामप्रसाद बस्याल, कांग्रेसका इस्तीयाक अहमद खान, एकिकृत समाजबादीका कुलेन्द्र पुन, लोकतान्त्रीक समाजबादी पाटि नेपालका मोहमद वारिस, स्वतन्त्र उम्मेदवार ईशा खड्काले सरकारी विद्यालय र नीजि विद्यालयकोबीच राज्यले गर्ने विभेद आफुहरुले नगर्ने प्रतिबद्धता व्यक्त गरे । प्याब्सन सिद्धार्थनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै एमालेका उम्मेदवार बस्यालले भने, ‘हामीले सामुदायीक र संस्थागत विद्यालयबीचको विभेद हटाउन नीति नै बनाउने छौं । ’

दशकौंदेखि शिक्षा क्षेत्रको क्रियासील समेत रहेका डा. बस्याल समुदाय स्तरबाट सन्चालित रुपन्देही क्याम्पसको व्यवस्थापन समितीका अध्यक्ष समेत हुन् । उनले संस्थागत विद्यालयका सन्चालक तथा शिक्षकहरुबीच भएको उक्त अन्तरक्रियामा भने, ‘शिक्षाको विकास, संरक्षण र प्रबद्र्धन हाम्रो प्राथमिकता हो । शिक्षा नै समाज रुपान्तरणको महत्वपुर्ण माध्ययम हो । ’
डा. बस्यालले शैक्षिक क्षेत्रमा नगर सरकारले लिदैं आएको कर, दशकौं सम्म निजी स्कुलमा अध्यापन गरेका शिक्षकको सामाजिक सुरक्षाको ग्यारेन्टी, शिक्षक कर्मचारीको विमा , प्राविधिक तथा व्यवहारीक शिक्षाको पाठ्यक्रम निर्माण जस्ता महत्वपुर्ण विषयमा गम्भिर ढंगले काम गरिने समेत बताए ।
एमालेको नीति पनि बैज्ञानिक, प्राविधिक र व्यवहारीक शिक्षा भएको उल्लेख गर्दै डा. बस्यालले सिद्धार्थनगरमा शैक्षिक विकासकोलागि शिक्ष्ााँ क्षेत्रका अगुवा, निजी तथा सामुदायीक विद्यालयका प्रतिनिधी राखेर शिक्षा समिती मार्फत शैक्षिक गुरुयोजना नै बनाएर काम गर्ने बताए ।
नेकपा एमाले सिद्धार्थनगरले पाँच बर्षमा सिद्धार्थनगरलाई पुर्ण साक्षार बनाउने प्रतिबद्धता जाहेर गरेको छ । त्यसैगरी नगर क्षेत्र भित्रका सम्पुर्ण विद्यालयमा कक्षा कोठा, बालशिक्षा कोठा, शिक्षक कोठा, पुस्ताकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, खेल मैदान, छात्राछात्राकालागि अलग अलग शौचाललय, हरियाली तथा विपत व्यवस्थापनमा समेत जोड दिइएको छ । यसैगरी नगरभित्र उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय जाने व्यवस्था गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । यसैगरी एमालेले एक हजार भन्दा बढी विद्यार्थि भएका विद्यालयमा एक जना स्टाफ नर्स राख्ने समेत तथा विद्यालय सुधार कार्यक्रम चलाउने पनि एमालेको घोषणा छ ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार इस्तीयाक अहमद खानले शैक्षिक विकासमा कांग्रेस पाटिको योजना अनुसार काम गर्ने बताए । उनले भने, ‘मलाई निर्वाचनमा जिताउनुस्, शिक्षा क्षेत्रको ऐन नियम बनाउदा म सहयोग गर्छु । ’
यसैगरी एकिकृत समाजबादीका तर्फबाट मेयरका उम्मेदवार कुलेन्द्र पुनले शिक्षा क्षेत्रका विज्ञहरुको सल्लाहमा काम गर्ने बताए ।
लोसपाको मेयरका उम्मेदवार मोहमद वसिर मुसलमानले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । स्वतन्त्र उम्मेदवार ईश्वरी खड्काले राज्यले शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएको बताउदैं समाज विकासकोलागि राज्यले शिक्षामा बढी लगानी गर्नुपर्ने बताईन् । उनले निजी विद्यालयको लगानीलाई राज्यले संरक्षण र सम्मान गर्नुपर्ने समेत बताईन ।
युवराज पोखरेलको सन्चालनमा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, उदय कुमार मल्लीक लगायतले बोल्दै राज्यले नीजि क्षेत्रबाट विद्यालयप्रति गरिरहेको व्यवहार ठीक नभएको बताएका थिए । कार्यक्रममा सिद्धार्थनगर क्षेत्रमा रहेका निजी विद्यालयका सन्चालकहरु र शिक्षकहरुको उपस्थिीति रहेको थियो ।