logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    गाउँघरमा चुनावी चहलपहल


    २५ बैशाख २०७९ , आइतबार

    गाउँघरमा चुनावी चहलपहल

    भैरहवा । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारहरुले चुनाव प्रचारप्रसार तीव्र बनाएका छन् । जिल्लाका १६ वटै स्थानीय तहमा यही बैशाख ३० गते हुने निर्वाचनका लागि गाउँघरमा चुनावी माहोल निकै तातिएको छ । ठूला ठूला लाउड स्पिकरबाट उम्मेदवारहरुको नाम र आश्वासन सहितका गीतहरु घन्किरहेका छन् । स्पिकरबाट घन्किने सै पनि एमाले मै पनि एमाले त, घरी कांग्रेसी बखानको गीत त, घरी माओवादीका जागरण गीतमा पार्टीका कार्यकर्ताहरु नाचिरहेका छन् । कोही पार्टीका झण्डा बोकेका छन् भने कोही जिन्दावादका नारा घन्काउँदैछन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी लगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु भोट माग्न गाउँघरमा पसेका छन् । कहिले नदेखेको अनुहार पनि दलका झण्डा र चुनाव चिन्ह राखिएको गाडीमा लाउड स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँटोलमा भोट माग्न आउने गरेको ओमसतिया गाउँपालिका–४ बालापुरकी सरस्वती हरिजनले बताइन् । अरु बेला हामीलाई दु:ख पर्दा आउँदैनन् तर भोट लिने बेलामा अनेक प्रकारका झुठा आश्वासन दिँदै भोट माग्न नेताहरु गाउँघरमा पुग्छन्, उनले भनिन् ।
    सबै राजनीतिक दलहरुले धेरै मतदातामाँझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । घरदैलो तथा मतदाताहरुसँग भेटघाट गर्ने नेता र उम्मेदवारको चहलपहलले चुनावी माहोल बढाएको छ । बैशाख महिनाको टन्टलापुर घाममा पनि चुनावी प्रचारप्रसारलाई निरन्तरता दिएका छन् । उम्मेदवारहरुलेजनतालाई आफ्ना चुनावी एजेण्डा र प्रतिवद्धताहरु जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, कोणसभा र मतदाता भेटघाटलाई प्रचारको माध्यम बनाएका छन् । प्राय दिउँसो कोणसभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान र साँझको समयमा घरदैलो गरेका छन् ।
    एक उपमहानगरपालिका, पाँच नगरपालिका र दश गाउँपालिका रहेको रुपन्देहीमा पाँच हजार ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबैजसो गाउँटोलमा कुनै न कुनै राजनीतिक दलका उम्मेदवार भएकाले गाउँघरमा चुनावले चहलपहल बढाएको ओमसतिया–३ का बालुनारायण चौधरीले बताए । घरदैलोको क्रममा सबै उम्मेदवारहरुलेसडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने र विकास योजनालाई पा।दर्शी तथा जनसहभागितामुलक बनाउने जस्ता विभिन्न कार्यहरु गर्ने बताउँदै आफूलाई मत दिएर जिताउन आग्रह गरेको चौधरीले बताए ।
    पाँच वर्ष पहिला निर्वाचित भएका नेताहरुले भोट माग्ने बखतमा ठुलाठुला आश्वासन मात्र दिएको रोहिणी ४ का कपिल चौधरीले बताए । ‘भोट माग्ने बेला यो गर्छु, त्यो गर्छु भन्छन् तर सत्तामा पुगेपछि केही गर्दैनन,’ उनले भने । निन्याउरो अनुहार बनाउँदै चौधरीले भने, कहिले कहि मतदान नै नगरु ज्स्तो लाग्छ, तर मतदान आफ्नो अधिकारको कुरा हो, उनले भपे । पाँच लाख ३६ हजार ८ सय पाँच मतदाता रहेका रुपन्देहीमा चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि धेरै छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.