भैरहवा, बैशाख । रुपन्देहीको ओमसतिया गाउँपालिकाको मतपरिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को एक हजार ४२ मत गणना हुँदा राप्रपा पहिलो नम्बरमा अगाडि बढिरहेको छ ।

राप्रपाका गाउँपालिका अध्यक्षका उम्मेदवार तिलक सिंह कोइरालाले ४७६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षले ४८९ मत र वडा नम्बर १ का वडाध्यक्षले ५९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपालाई पछ्याउँदै नेकपा एमाले दोस्रो नम्बरमा रहेको छ । एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार मन्जित कुमार यादवले २५३ मत, उपाध्यक्षले २१५ मत र वडाध्यक्षले २३३ मत प्राप्त गरेका हुन् । त्यस्तै गठबन्धन तेस्रो नम्बरमा रहेको छ । गठबन्धनका गाउँपालिका अध्यक्ष उम्मेदवार विजय कुमार यादवले ६६ मत, उपाध्यक्षले १९३ मत र वडाध्यक्षले १७५ मत प्राप्त गरेका हुन् ।