logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मेयर खानको फरक उद्घोष


    ८ जेष्ठ २०७९ , आइतबार

    मेयर खानको फरक उद्घोष

    आफूले पाएको मत बराबरको वृक्षारोपण गर्ने
    सिद्धार्थनगर नगरपालिकाकाका नवनिर्वाचित प्रमुख (मेयर) ईस्तियाक अहमद खानले एक कार्यक्रमका बीच फरक उद्घोष गरेका छन् । उनले भैरहवामा शुक्रबार आयोजित सपथ ग्रहण कार्यक्रममा बोल्दै आफू मेयर/प्रमुख पदमा निर्वाचित हुँदा पाएको मत बराबरको वृक्षारोपण गर्ने उद्घोष गरेका हुन् ।
    मतगणना सुरु भएदेखि नै अग्रता लिई ९ हजार १ सय ३४ मत ल्याई विजयी भएका प्रमुख खानले आफूले पाएको मत बराबर वृक्षारोपण गरेर मात्रै पदबहाली गर्ने बताएका छन् । वातावरण संरक्षणमा विशेष ध्यान दिनका लागि वृक्षारोपण कार्यलाई अगाडि बढाउन लागिएको बताउँदै रोपिएका वृक्षहरुको संंरक्षण र सम्वद्र्धन गर्ने प्रतिबद्धता समेत जनाएका हुन् ।


    नवनिर्वाचित नगरप्रमुख खानले नगरमा छाडा चौपाया व्यवस्थापनका लागि कान्जी हाउस, डुबानको समस्यालाई हटाउन नाला सफाइ, क्रियापुत्री भवन लगायतको कामलाई प्राथमिकता दिँदै महिला, विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने बताए।
    शुक्रबार एक कार्यक्रमका बीच सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस धनसिंह महराले शपथ ग्रहण गराएका हुन् । यस्तै नगरप्रमुख खानले उपप्रमुखसहित वडाध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहणगराएका छन्।सिद्धार्थनगरमा गठबन्धनबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका ईस्तियाक अहमद खान नगर प्रमुखमा निर्वाचित भएका हुन् ।त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी हुन्।
    १३ वटा वडा रहेको सिद्धार्थनगरमा वडा नम्बर १ बाट जसपाका उज्ज्वल पोखरेल, २ बाट राप्रपाका छेदीलाल श्रीवास्तव, ३ बाट राप्रपाका नारायण उपाध्याय, ४ बाट राप्रपाका मुक्तिनाथ यादव, ५ बाट नेपाली कांग्रेसका पुरन प्रसाद श्रेष्ठ, ६ बाट नेपाली कांग्रेसका विरेन्द्र नाथ श्रीवास्तव, ७ बाट नेपाली कांग्रेसका दामोदर शर्मा घिमिरे र ८ बाट पनि नेपाली कांग्रेसकै राजनजंग राणा निर्वाचित भएका छन् ।
    त्यस्तै वडा नम्बर ९ बाट एमालेका शेषकान्त भण्डारी, १० बाट एमालेका सुर्जमान अहिर, ११ बाट एमालेका दिलीप कुमार यादव, १२ बाट एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट नेपाली कांग्रेसका सोमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.