
पशुपति यादव
धकधई, ११ जेठ । नेपाल रेडक्रस सोसाइटी रोहिणी उपशाखा धकधईले नवनिर्वाचित रोहिणी गाउँपालिकाका जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट रोहिणी गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बुधबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित रोहिणी गा. पा. का अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्न सबै संघसंस्थाहरु मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘कोही नपुग्ने ठाउँमा रेडक्रस पुग्छ, हो त्यो उखान सत्य हो किन भने पालिकाबासीहरुलाई कुनै पनि विपत् आइपर्दा राजनीतिक दलहरुभन्दा रेडक्रस सोसाइटी धकधई उपशाखा पहिले पुग्ने गरेको छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै रोहिणी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष शिकान्ती हरिजनले रोहिणी गाउँपालिकालाई सुन्दर र नमुना बनाउन सिंगो पालिकाबासीहरुको साथ चाहिने बताउनुभयो । निश्वार्थ रुपमा जनताको सेवा गर्ने नेपाल रेडक्रस सोसाइटी धकधई उपशाखालाई आवश्यक पर्ने हरेक सहयोगहरु गर्न आफू सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रोहिणी उपशाखाका सभापति अनिल कुमार कौशलको अध्यक्षता, उपसभापति पुणर्िमा रौनियारको स्वागत तथा पशुपति यादवको सञ्चालनमा भएको कार्यक्रममा रेडक्रस रोहिणी शाखाका सल्लाहकार तारानाथ त्रिपाठी, वडा नं. ३ का वडाध्यक्ष विर बहादुर क्षेत्री, नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा महामन्त्रि आर मोहम्मद खाँ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा रोहिणी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अविद अली पठान, २ का करम खान, ३ का विर बहादुर क्षेत्री, ४ का तारानाथ प्रसाद यादव, ५ का घनश्याम सिंह क्षेत्री, ६ का इन्द्रमान चौधरी, ७ का अन्नान भाट र नवनिर्वाचित वडा सदस्यहरु र विभिन्न राजनीतिक दलका व्यक्तिहरुको सहभागिता रहेको थियो ।