logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    आयल निगमको डिपोमा आगलागी


    १३ जेष्ठ २०७९ , शुक्रबार

    आयल निगमको डिपोमा आगलागी

    भैरहवा । नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक डिपो रहेको रुपन्देहीको भलवारीमा ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको छ । तेल खन्याउने क्रममा लु २ ख २६५६ र लु २ ख ५८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो ।

    आगलागीबाटी ट्ंयाकरमा पूर्णमात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी के–कति कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । शुक्रबार बिहान ११ बजेतिर ट्यांकरमा आगलागी भएको हो ।

    आगलागी हुनसाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकल तत्काल पुगी आगो नियन्त्रणमा लिएका थिए । यस्तै आगलागी नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रक समेट खटिएका थिए ।

    ट्राफिक प्रहरी मंगलापुरका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु जिसीले आगलागी नियन्त्रणमा लिन करिब एक घण्टा समय लागेको बताए । दमकल तत्कालै पुगेकाले आगलागीबाट ठूलो क्षति हुन भनेजोगिएको जिसीले जनाए । तर, ट्यांकरलगायतमा भने क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.