logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    चर्चित मोडलको अश्लिल भिडियोमा ७ करोडको बार्गेनिङ


    १४ जेष्ठ २०७९ , शनिबार

    चर्चित मोडलको अश्लिल भिडियोमा ७ करोडको बार्गेनिङ

    काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलेको छ । उनका प्रेमीसँगको अश्लिल भिडियो हात पारेको गिरोहले भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर बार्गेनिङ गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
    उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न भएको अभियोगमा उदयपुरका सुजन आचार्य, कालीकोटका टेक विक, बझाङका धर्मराज थापा, काभ्रेपलाञ्चोकका उमेश भण्डारी, गुल्मीकी बसन्ता खनाल, चितवनका सुरज शर्मा र काठमाडौं सिनामंगलका श्रवण कार्कीलाई पक्राउ गरेको छ ।
    अनुसन्धानमा संलग्न अधिकृतका अनुसार ती मोडलको ल्यापटप बनाउनका लागि सिनामंगलस्थित सुरज र श्रवणको कम्प्यूटर मर्मत पसलमा पुगेको थियो । ‘ल्यापटप बनाउने वेला उनीहरुले त्यो अश्लिल भिडियो देखेका रहेछन्, त्यसमा चर्चित व्यक्ति देखेपछि उनीहरुले कपी गरेर राखेछन्’ कार्यालयका एक अधिकृत भन्छन्, ‘पछि बार्गेनिङ गर्नलाई अन्य विभिन्न व्यक्तिसँग पनि मिलेमतो गरेको देखिएको छ ।’
    ती अधिकारीका अनुसार उनीहरुले त्यसका लागि पहिले चिनजान भएका काभ्रेका उमेशलाई पनि भिडियो देखाए । उनले आफूले मात्र केही गर्न नसक्ने भन्दै खनाल र थापासँग कुरा गरे । प्रहरीका अनुसार उनीहरु कुनै समय एउटै सञ्चारमाध्यममा काम गरेका व्यक्ति थिए । तर उनीहरुले बार्गेनिङ गर्न आँट गरेनन्, त्यसपछि यो विषय पहिलेसँगै काम गरेका २१ वर्षीय सुजनसँग सुनाए ।
    सुजन यसअघि पनि प्रहरी समेतको मिलेमतोमा हिरा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परिसकेका व्यक्ति थिए । ‘पहिले पनि यस्तो गतिविधिमा संलग्न भएकाले उनलाई सजिलै पैसा हात पारिहालिन्छ भन्ने भयो’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बार्गेनिङ सुरुमा ७ करोडको भयो, पीडित तीन करोड दिन पनि तयार भइसकेका रहेछन्, तर नमानेपछि प्रहरी कहाँ उजुरी आइपुगेको थियो ।’
    त्यसपछि पैसा दिन भन्दै प्रहरी टोली नै छद्म भेषमा उनीहरुले बोलाए ठाउँमा पुगेको थियो । त्यसक्रममा ७ जनाको गिरोह नै पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.