logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल


    १५ जेष्ठ २०७९ , आइतबार

    एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता ९लाइसेन्स० परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन्।
    काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशित गरेको हो। परीक्षामा सहभागीमध्ये ३१ दशमलब ८४ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
    परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागीमध्ये एक हजार १७ जना अनुत्तीर्ण भएका छन् भने दुई जनाको परीक्षा रोकिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.