logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रामनरेशमा पूर्व प्राथमिक भवनको शिलान्यास


    २० जेष्ठ २०७९ , शुक्रबार

    रामनरेशमा पूर्व प्राथमिक भवनको शिलान्यास

    पशुपति यादव
    धकधई, २० जेठ । रुपन्देहीको धकधई स्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा नयाँ पूर्व प्राथमिक भवनको शिलान्यास भएको छ । बिहीबार एक कार्यक्रमका बीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उक्त भवनको शिलान्यास गरेका हुन् ।
    संघीय सरकारको नमुना बजेट अन्तर्गत निर्माण हुन लागेको १२ कोठे उक्त प्रदीप कन्सट्रक्सनले १ करोड २८ लाखमा ठेक्का लिई काम गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानीले बताउनुभयो । ुसंघीय सरकारको नमुना बजेट अन्तर्गत १ करोड ७० लाख रुपैयाँ विनियोजन भएपनि १ करोड २८ लाखमा ठेक्का लागेको छ,ु उहाँले भन्नुभयो ।


    २०१३ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ । २ हजार ५८ विद्यार्थी सहित विद्यालयमा शिक्षा, व्यवस्थापन र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ पठनपाठन हुँदै आएको छ । साथै कक्षा ४ सम्म अंग्रेजी माध्यममा समेत पठनपाठन हुने गरेको अध्यक्ष सहानीले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.