भैरहवा, २२ जेठ । रुपन्देहीको बैकुण्ठपुरस्थित रोहिणी पुलमा बस दुर्घटना भएको छ । आज विहान साढे चार बजे जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको हो ।
रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको बीचमा पर्ने बैकुण्ठपुरस्थित रोहिणी पुलबाट ३० देखि ३२ जना सवार रहेको बस नदीमा खस्दा ठुलो मानवीय क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकालाई उद्दार गरी प्रहरीले भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पुर्याएको छ । दुर्घटनामा केहीको मृत्यु समेत भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।